काठमाडौं ।साताको अन्तिम दिन सुनको मूल्य बढेको छ। अघिल्लो दिनको भन्दा ७ सय रुपैयाँ बढेर कारोबार मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार सुन तोलामा ५ सय रुपैयाँले घट्दा कारोबार मूल्य प्रतितोला ९६ हजार ७ सय भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य घटे पनि नेपाली बजारमा भने स्थिर छ। बिहीबार ५ रुपैयाँ घट्दा प्रतितोला १२ सय २५ रुपैयाँ कायम भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ८ डलरले बढेको छ। शुक्रबार सुन प्रतिऔंस १७९२.०२ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस २०.४१ डलर छ। बिहीबार सुन प्रतिऔंस १७८४.८८ डलर र चाँदी २०.४५ डलर थियो।