BIZMANDU
www.bizmandu.com

चार वर्षपछि टीइपीसीको बोर्ड सदस्यमा निराजन चलाउने र मनोहर कोइराला मनोनित

२०७९ साउन २६

चार वर्षपछि टीइपीसीको बोर्ड सदस्यमा निराजन चलाउने र मनोहर कोइराला मनोनित
चार वर्षपछि टीइपीसीको बोर्ड सदस्यमा निराजन चलाउने र मनोहर कोइराला मनोनित

काठमाडौं। व्यापार तथा प्रवर्द्धन केन्द्र (टीइपीसी) को बोर्ड सदस्यमा दुईजना नियुक्त भएका छन्। साउन १६ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा उनीहरु मनोनयन भएका हुन्।

Tata
GBIME
Nepal Life

बोर्ड सदस्यमा उद्योगी निराजनबहादुर चलाउने र मनोहर कोइरालालाई नियुक्त गरिएको टीइपीसीका कार्यकारी निर्देशक शरदविक्रम राणाले जानकारी दिए।

उनका अनुसार व्यापार तथा निकासी प्रर्वद्धन विकास समिति (गठन) आदेश, २०६३ अनुसार सदस्य पदमा नियुक्त गरिएको हो। 

बोर्डमा उक्त पद चार वर्षदेखि खाली थियो। चार वर्षअघि उक्त पदमा दीपेन्द्र श्रेष्ठ र आशिषमान शेरचन थिए। बोर्ड सदस्यले व्यापार तथा निकासीका लागि विभिन्न योजना बनाउन सहयोग गर्नेछ। सदस्यमध्ये चलाउने नमस्ते एग्रो इन्डस्ट्रिज प्रालिका सञ्चालक हुन्।

उनी नेपाल उद्योग वाणिज्य महासंघको ट्रेड फेयर कमिटीका सदस्य समेत हुन्।