BIZMANDU
www.bizmandu.com

बालाजु बाइसधारास्थित एक कारखानामा आगलागी, नियन्त्रणको प्रयास जारी, नजिकैका घरहरु जोखिममा

२०७९ साउन २५

बालाजु बाइसधारास्थित एक कारखानामा आगलागी, नियन्त्रणको प्रयास जारी, नजिकैका घरहरु जोखिममा
बालाजु बाइसधारास्थित एक कारखानामा आगलागी, नियन्त्रणको प्रयास जारी, नजिकैका घरहरु जोखिममा

काठमाडौं। बालाजुमा रहेको एक कारखानामा आगलागी भएको छ। बालाजु बाइसधारा नजिकै रहेको कारखानामा लागेको आगो नियन्त्रणको प्रयास भइरहेको छ। 

Tata
GBIME
Nepal Life

बिजमाण्डूका फोटोपत्रकार प्रवीण रानाभाटले आगलागी बालाजु औद्योगिक क्षेत्र भित्र नभएर बाइपासभन्दा केही माथि भएको जानकारी दिएका छन्। कारखानाबाट नजिकै रहेका घरमा समेत आगो फैलिने सम्भावना भएपछि स्थानीय त्रसित बनेका छन्।

आगलागी वान वर्ल्ड जुत्ता कम्पनीको कारखानामा भएको हो। यसका संचालक श्रीराम पाण्डे हुन्। 

आगलागीको कारण भने खुल्न सकेको छैन। आगो नियन्त्रणका लागि दुईवटा दमकलले पनि पर्याप्त नभएपछि भक्तपुरबाट समेत एक दमकल बोलाइएको छ।