BIZMANDU
www.bizmandu.com

रेष्टुरेन्टमा उठेको भ्याट सरकारलाई नबुझाउने २ जना संचालकलाई मुद्दा, १ करोड ८ लाख बिगो माग

२०७९ साउन २०

रेष्टुरेन्टमा उठेको भ्याट सरकारलाई नबुझाउने २ जना संचालकलाई मुद्दा, १ करोड ८ लाख बिगो माग
रेष्टुरेन्टमा उठेको भ्याट सरकारलाई नबुझाउने २ जना संचालकलाई मुद्दा, १ करोड ८ लाख बिगो माग

काठमाडौं। राजस्व अनुसन्धान विभागले ग्राहकसँग उठाएको मुल्य अभिवृद्धि कर (भ्याट) सरकारलाई नबुझाउने साझा रेष्टुरेन्टका संचालकलाई मुद्दा दायर गरेको छ। विभागले रेष्टुरेन्टका संचालक प्रकाश यादव र विष्णु यादवलाई मुद्दा दायर गरेको हो।  

Tata
GBIME

यादव विरुद्द राजस्व अनुसन्धान कार्यालय बुटवलले उच्च अदालत तुलसीपुर बुटवल ईजलासमा मुद्दा दायर गरेको हो।  प्रतिवादीहरुले साझा रेष्टुरेन्टमा उठेको केहि रकम मात्रै कर विवरणमा देखाउने र धेरै रकम नदेखाउने गरेको अनुसन्धानमा देखिएको छ। 

कार्यलयका अनुसार रेन्टुरेन्टले आयकर तर्फ ५१ लाख ४१ हजार र भ्याट तर्फ ५६ लाख कर छली गरेको आरोप लगाएको छ। 

 यी संचालक विरुद्ध राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (पहिलो संसोधन सहित) को दफा २३(१) बमोजिम मुद्दा अघि बढ्नेछ।