BIZMANDU
www.bizmandu.com

पीईभीसीको स्वीकृति अनुमति माग्दै आएका कुल ९ वटा कम्पनीलाई सेबोनले दियो सैद्धान्तिक सहमति

२०७९ साउन २०

पीईभीसीको स्वीकृति अनुमति माग्दै आएका कुल ९ वटा कम्पनीलाई सेबोनले दियो सैद्धान्तिक सहमति
पीईभीसीको स्वीकृति अनुमति माग्दै आएका कुल ९ वटा कम्पनीलाई सेबोनले दियो सैद्धान्तिक सहमति

काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले विशिष्टिकृत लगानी कोष(पीईभीसी)को स्वीकृति अनुमति माग्दै आएका कुल ९ वटा कम्पनीलाई सैद्धान्तिक सहमति दिएको छ। 

Tata
GBIME

बोर्डका अनुसार अनुमति माग्ने ६ वटा मर्चेन्ट बैंकर्स नै हुन्। बाँकी ३ वटा विशिष्टीकृत लगानीको मुख्य उदेश्यका साथ प्राइभेट इक्विटी (पीई) र भेन्चर क्यापिटल (भीसी)का लागि स्थापित कम्पनी हुन्। 

‘अनुमति दिने अन्तिम चरणमा पुगेको विषय हो’, सेबोनका सह प्रवक्ता रुपेश केसीले भने, ‘औपचारिक अनुमति नै कसैलाई पनि दिइएको छैन। माग अनुसार एलओआइ भने दिइएको हो।‘

बोर्डले हाल भेन्चर क्यापिटलको मुख्य लक्ष्य सहित स्थापित ३ वटा पीईभीसीलाई  सैद्धान्तिक सहमति दिएको हो। ग्लोबल इक्विटी फण्ड, आध्यान्त फण्ड म्यानेजमेन्ट र अवसर इक्विटी विशिष्टीकृत लगानीको लागि स्थापना गरिएका कोष हुन्। 

यी बाहेक थप ६ वटा मर्चेन्ट बैंकलाई पनि विशिष्टिकृत लगानी कोष संचालन गर्न बोर्डले एलओआइ दिएको आवस्था छ।  

एनआईसी एसिया क्यापिटल लिमिटेड, एनएमबि क्यापिटल लिमिटेड, प्रभु क्यापिटल लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र एनआईबीएल एस क्यापिटल लिमिटेडलाई बोर्डले  एलओआइ दिएको हो।

‘उनीहरुको पूर्वाधार आवश्यक जाँचवुझ गरी अनुमति प्रदान गरिनेछ,’ प्रवक्ता केसीले भने, ‘कतिपयको निरीक्षण सम्पन्न पनि भइसकेको छ। केहीको भने हुन बाँकी हो।’