BIZMANDU
www.bizmandu.com

हिमालयन हाइड्रोपावरको साधारण सेयर नेप्सेमा सूचीकृत, आइतबारबाट दास्रो बजारमा कारोबार

२०७९ साउन २०

हिमालयन हाइड्रोपावरको साधारण सेयर नेप्सेमा सूचीकृत, आइतबारबाट दास्रो बजारमा कारोबार
हिमालयन हाइड्रोपावरको साधारण सेयर नेप्सेमा सूचीकृत, आइतबारबाट दास्रो बजारमा कारोबार

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा केही समयअघि सर्वसाधरणलाई साधारण सेयर जारी गरेको हिमालयन हाइड्रोपावरको आइपीओ सूचीकृत भएको छ। 

Tata
GBIME
Nepal Life

नेप्सेका अनुसार कम्पनीको कुल १ करोड ९ लाख ५० हजार कित्ता सेयर सूचीकृत भएको हो। जसमा आयोजना प्रभावितलाई ९ लाख कित्ता, सर्वसाधरण (सामूहिक लगानी कोष र कर्मचारीसहित) मा बिक्री गरेको १३ लाख ५० हजार कित्ता साधारण सेयर सूचीकृत भएको हो। 

यस्तै नेप्सेका अनुसार कम्पनीका संस्थापकहरुले लगानी गरेको ८७ लाख कित्ता सेयर गरेर कुल १ करोड ९ लाख ५० हजार कित्ता सेयर साउन १९ गतेको निर्णय अनुसार नेप्सेमा सूचीकृत भएको हो। सूचीकृत सेयरको कारोबार आइतबारबाट दोस्रो बजारमा खरिद बिक्री गर्न सकिन्छ। 

आइतबारबाट दास्रो बजारमा कारोबारमा आउन लागेको उक्त कम्पनीको नेप्सेले ओपनिङ रेन्ज पनि तोकिदिएको छ। जस अनुसार कम्पनीको पहिलो कारोबार न्यूनतम ७६.३३ रुपैयाँ र अधिकतम २२८.९९ रुपैयाँमा हुने छ।