BIZMANDU
www.bizmandu.com

बैंकहरुले ब्याज नबढाउने सहमति गर्दा पनि बढेन बजार, चुनाव घोषणाको दोस्रो दिन गिरावट झनै फराकिलो

२०७९ साउन २०

बैंकहरुले ब्याज नबढाउने सहमति गर्दा पनि बढेन बजार, चुनाव घोषणाको दोस्रो दिन गिरावट झनै फराकिलो
बैंकहरुले ब्याज नबढाउने सहमति गर्दा पनि बढेन बजार, चुनाव घोषणाको दोस्रो दिन गिरावट झनै फराकिलो

काठमाडौं। बैंकहरुले ब्याजदर नबढाउने सहमति गर्दा पनि शुक्रबार सेयर बजारको परिसूचक ३४.८५ अंकले घटेको हो। नेप्से २११३.३० को विन्दुमा ओर्लिएको छ।रातो प्रतिक्रियासहित चुनाव घोषणाको संकेत देखाएको सेयर बजारले गिरावटलाई दोस्रो दिनपनि निरन्तरता दिएको छ।

Tata
GBIME
Nepal Life

चुनाव घोषणा अघिको दिन बुधबार राष्ट्र बैंकको ब्याज बढ्ने नीति बजारको लागि नकारात्मक साबित भएको थियो। तर, राष्ट्र बैंकले प्रोत्साहन गर्दा समेत बैंकहरुले ब्याज नबढाउने सहमति गरेका छन्। तर बजारले ब्याज नबढ्ने उत्साह देखाउन सकेन। 

तीब्र गतिमा घट्न सुरु गरेको सेयरबजारमा सुरुवाती ओपनिङ विन्दु नै ‘इन्ट्रा डे’ हाइ बनेको हो। अघिल्लो दिनको तुलनामा झन्डै २ अंक बढेर ‘प्रि ओपनिङ’ भएको परिसूचक कारोबार अवधिभर पुन: हरियो हुन सकेन। 

पहिलो सत्रको गिरावटलाई परिसूचकले अन्त्यसम्म निरन्तरता दियो। खुलेको केही समयमै बजारमा ‘प्यानिक सेलिङ’ बढ्दा ब्याजदर नबढ्ने उत्साहलाई बजारले उतार्न नसकेको देखिन्छ। भोलि धेरै घाटा बेहोर्नु भन्दा आजै बजारबाट उम्किन्छु भन्ने मानसिकता कारोबारीहरुमा देखिएको हो। 

बिक्री चाप अत्यधिक हुँदा दुई घण्टाको कारोबार अवधि मै २ अर्ब ६२ करोड रुपैयाँ बाराबरको सेयर खरिद बिक्री भयो। सामूहिक लगानी कोषको प्रतिनिधि उपसमूहबाहेक कारोबार भएका अधिकांश उपसूचक घटेका हुन्।

गत आर्थिक वर्ष सकिएलगत्तै म्युचुअल फन्डहरुले लाभांश प्रस्ताव गर्न सुरु गरेपछि तिनीहरुको इकाई खरिद बढेको छ। ‘भोलाटाइल’  वित्त उपसमूह भने झन्डै साढे ३ प्रतिशत घट्यो। वित्तसँगै व्यापार, जलविद्युत, विकास बैंक, र लघुवीत्त उपसमूह अन्तर्गतका सेयरमा फराकिलो अन्तर सहितको बार्गेनिङ हुँदा परिसूचक १.६२ प्रतिशत घटेको छ।