BIZMANDU
www.bizmandu.com

सुनचाँदी दुवैको मूल्य लगातार बढ्दै, अन्तर्राष्ट्रिय बजारमा बढ्दा नेपालमा पनि ७ सयले महँगियो

२०७९ साउन २०

सुनचाँदी दुवैको मूल्य लगातार बढ्दै, अन्तर्राष्ट्रिय बजारमा बढ्दा नेपालमा पनि ७ सयले महँगियो
सुनचाँदी दुवैको मूल्य लगातार बढ्दै, अन्तर्राष्ट्रिय बजारमा बढ्दा नेपालमा पनि ७ सयले महँगियो

काठमाडौं। दुई दिनदेखि सुनको मूल्य बढ्न थालेको छ। बिहीबारको तुलनामा सुन तोलामा ७ सय रुपैयाँ वृद्धि भएको हो। शुक्रबार सुनको कारोबार मूल्य प्रतितोला ९६ हजार ८ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME
Nepal Life

बिहीबार सुन तोलामा ८ सय रुपैयाँले बढ्दै कारोबार मूल्य प्रतितोला ९५ हजार एक सय रुपैयाँ पुगेको थियो। 

चाँदीको मूल्य शुक्रबार तोलामा १० रुपैयाँले बढ्दै प्रतितोला एक हजार २ सय २० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी प्रतितोला एक हजार दुई सय १० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै प्रतिऔंस १७९२.५८ डलर पुगेको छ। चाँदी प्रतिऔंस २०.३१ डलरमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतिऔंस १७७१.५९ डलर र चाँदी प्रतिऔंस २०.२२ डलरमा कारोबार भएको थियो।