BIZMANDU
www.bizmandu.com

प्याकेजिङ सामाग्री उत्पादन गर्ने ग्यालेक्सी प्याकेजिङको कारोबारमा उछाल, ६३ करोडको व्यापार

२०७९ साउन २०

प्याकेजिङ सामाग्री उत्पादन गर्ने ग्यालेक्सी प्याकेजिङको कारोबारमा उछाल, ६३ करोडको व्यापार
प्याकेजिङ सामाग्री उत्पादन गर्ने ग्यालेक्सी प्याकेजिङको कारोबारमा उछाल, ६३ करोडको व्यापार


काठमाडौं। प्याकेजिङ र्‍यापर सामाग्री उत्पादन गर्ने ग्यालेक्सी प्याकेजिङ प्रालिको कारोबामा उछाल आएको छ। सन् २०२१ मा कम्पनीले ६२ करोड ९० लाख रुपैयाँको कारोबार गरेको छ।

Tata
GBIME
Nepal Life

सन् २०२० मा कम्पनीको व्यापार ३० करोड ४० लाख रुपैयाँ थियो। सन् २०१९ मा सात करोड ८० लाख रुपैयाँ मात्रै थियो। 

बाराको बहुवारीमा प्लान्ट रहेको कम्पनीको कुल जडित क्षमता मासिक ५५० टन छ। २०१९ जनवरीबाट संचालनमा आएको कम्पनीको सबैभन्दा मुख्य कच्चा पदार्थ प्लास्टिक हो। जसलाई कम्पनीले भारतबाट आयात गरिरहेको छ। रक्सौलबाट १२ किलोमिटर भित्र मात्रै कम्पनीको प्लान्ट रहेकाले ढुवानी खर्चदेखि कच्चा पदार्थ आयात सहज हुने बताइएको छ।

साथै, वीरगंज-पथलैया औद्योगिक करिडोरमा प्लान्ट रहेकाले कम्पनीले उत्पादन गर्ने प्याकेजिङ सामाग्रीको ग्राहकहरु खाद्यान्न उद्योग, साबुनलगायतका उद्योग नजिकै छन्। जसका कारण पनि कम्पनीको कारोबार बढ्न सहयोग पुगेको बताइएको छ। 

सन् २०२१ मा कुल संचालन आम्दानीको ८३ प्रतिशत कच्चा पदार्थ खरिदमा खर्चिएको केयर रेटिङ्स नेपालले जनाएको छ। 
कम्पनीको प्रबन्ध निर्देशक अमितकुमार झुनझुनवाला छन्। अमित अग्रवाल र मनिष अग्रवाल कम्पनीका निर्देशक हुन्।  

कम्पनीले १ अर्ब ६ करोड ६३ लाख रुपैयाँको बैंकिङ कर्जाका लागि पाएको रेटिङ बढुवा भएको छ। २० करोड ६३ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि यसअघि कम्पनीले एनपी डबल बी माइनस रेटिङ पाएकोमा अहिले बढेर एनपी डबल बी पाएको छ। ८६ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि यसअघि पाएको रेटिङ एनपी ए फोर बढेर एनपी ए फोर प्लस पाएको छ।