BIZMANDU
www.bizmandu.com

आरबिआइले थप ब्याज बढाउने निर्णय गर्यो, भारतमा ठिकठाक काम गर्ने रिपोले नेपालमा किन गर्दैन?

२०७९ साउन २०

आरबिआइले थप ब्याज बढाउने निर्णय गर्यो, भारतमा ठिकठाक काम गर्ने रिपोले नेपालमा किन गर्दैन?
आरबिआइले थप ब्याज बढाउने निर्णय गर्यो, भारतमा ठिकठाक काम गर्ने रिपोले नेपालमा किन गर्दैन?

काठमाडौं। भारतीय केन्द्रीय बैंक रिजर्भर बैंक अफ इण्डिया (आरबीआइ) ले बजारको ब्याज दर बढाइ दिएको छ। आरबीआइले रिपोको रेट बढाइ दिएको हो।

Tata
GBIME
Nepal Life

नेपाल र भारतमा रिपोको अभ्यास फरक ढंगले हुने गरेको छ। त्यसो हुँदा रिपोको ब्याज बढ्दा त्यहाँका बैंकहरुले लगानी गर्ने ऋणको ब्याज दर पनि तत्कालै बढ्छ। नेपालमा भने रिपोलाई बजारको ब्याज दरसँग लिंक गरिएको छैन। रिपो बैंकिङ तरलता प्रवाह गर्ने मौद्रिक औजार हो।

गभर्नर शक्तिकान्त दासले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै रिपोको दर ०.५ प्रतिशत बिन्दुले बढाउने घोषणा गरेका हुन्। अब रिपोको दर ५.४ प्रतिशत पुगेको छ। त्यहाँको केन्द्रीय बैंकले बजारको ब्याज दर रिपो र रिभर्स रिपोमार्फत नियन्त्रण गर्छ।

गत ८ जुनमा पनि आधा प्रतिशत बिन्दुले रिपो दर बढाएर ४.९ प्रतिशत पुर्याइएको थियो। रिपो बृद्धिलगत्तै सानादेखि ठूला सबै ऋणीको इएमआइ बढ्छ।

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले पनि ब्याज बढाएर महँगी नियन्त्रण गर्ने उपायमा काम गरिरहेको छ। भारतले पनि त्यही नीति पच्छ्याएको हो।

सन्सारभरका केन्द्रीय बैंकले ब्याज मार्फत महँगी नियन्त्रण गरेर बाह्य क्षेत्रलाई ठिकठाक राख्न खोजेको भन्दै नेपालको राष्ट्र बैंकले पनि ब्याज बढाउन प्रोत्साह पुग्ने नीति लिएको छ। तर बजारसँग प्रत्यक्ष साइन नभएको दरहरु बढाएका कारण त्यसले काम गरेको छैन।

बरु नेपालका बाणिज्य बैंहरुले ब्याज बढाएर नयाँ निक्षेप नआउने भन्दै पाँच महिना अघिदेखिकै ब्याजलाई निरन्तरता दिने शुक्रबार सहमति गरेका छन्।