BIZMANDU
www.bizmandu.com

शुभश्री अग्नि सिमेन्टको कारोबार २८% ले उकालो, सिमेन्ट बिक्री र क्लिंकर खपत बढ्दा व्यापार बढ्यो

२०७९ साउन २०

शुभश्री अग्नि सिमेन्टको कारोबार २८% ले उकालो, सिमेन्ट बिक्री र क्लिंकर खपत बढ्दा व्यापार बढ्यो
शुभश्री अग्नि सिमेन्टको कारोबार २८% ले उकालो, सिमेन्ट बिक्री र क्लिंकर खपत बढ्दा व्यापार बढ्यो


काठमाडौं। शुभश्री अग्नि सिमेन्ट उद्योगले एकै वर्ष २८ प्रतिशतले कारोबार वृद्धि गरेको छ। उद्योगले आफ्नै ग्राइन्डिङ युनिटलाई क्लिंकर खपत गर्नुका साथै सिमेन्टको बिक्री बढ्दा कारोबार बढेको रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले जनाएको छ। 

Tata
GBIME
Nepal Life

उद्योगले २०२१ मा दुई अर्ब ४६ करोड ७० लाख रुपैयाँको कारोबार गरेको छ। अघिल्लो वर्ष २०२० मा कम्पनीले एक अर्ब ९३ करोड ३० लाख रुपैयाँ र २०१९ मा दुई अर्ब ३२ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो। 

सन् २०२१/२२ को ११ महिनामा कम्पनीले दुई अर्ब एक करोड ८० लाख रुपैयाँको कारोबार (अपरिष्कृत) गरेको केयरले जनाएको छ। 
२०१७ डिसेम्बरमा दैनिक १२ सय टन जडित क्षमता रहेको ग्राइन्डिङ युनिटलाई विस्तार गर्दै उद्योगले २०१९ जुलाईमा १२ सय टन पुर्‍याएको थियो।

सिमेन्ट उद्योगसँग दुईवटा आफ्नै नामका चुनढुङ्गा छ। प्यूठानमा रहेको चुनढुङ्गा ८६ लाख टन र दाङको ४३ लाख टन क्षमता छ। दैनिक १२ सय टन ग्राइन्डिङ युनिट संचालन गर्न उक्त चुनढुङ्गा ४६ वर्षका लागि पुग्ने बताइएको छ। उद्योगले दक्षिण अफ्रिका, अष्ट्रेलिया र भारतबाट कोइला आयात गर्ने गरेको छ। 

उद्योगमा शतप्रतिशत लगानी अग्नि सिमेन्ट उद्योग प्रालिको छ। कम्पनीको अध्यक्ष कृष्णप्रसाद पोखरेल र प्रबन्ध निर्देशक डा. ताराप्रसाद पोखरेल छन्। 

उद्योगले ४ अर्ब ७१ करोड ८६ लाख रुपैयाँको बैंकिङ कर्जाका लागि केयरले रेटिङ पुन:पुष्टि गरेको छ। दुई र्अब पाँच करोड ८६ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि केयरले एनपी डबल बी प्लस रेटिङ पुन:पुष्टि गरेको छ। दुई अर्ब ६६ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी ए फोर प्लस रेटिङ पुन:पुष्टि भएको छ।