BIZMANDU
www.bizmandu.com

प्राइम लाइफ इन्स्योरेन्सको सीइओमा निर्मल दाहाल नियुक्त, बीमा समितिले दियो स्वीकृति

२०७९ साउन १९

प्राइम लाइफ इन्स्योरेन्सको सीइओमा निर्मल दाहाल नियुक्त, बीमा समितिले दियो स्वीकृति
प्राइम लाइफ इन्स्योरेन्सको सीइओमा निर्मल दाहाल नियुक्त, बीमा समितिले दियो स्वीकृति

काठमाडौं। प्राइम लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा निर्मल दाहाल नियुक्त भएका छन्। बीमा समितिले दाहाललाई सीइओ नियुक्तिका लागि अनुमति दिएको हो। कम्पनीको संचालक समितिले दाहाललाई सीइओमा नियुक्ति गर्न बीमा समितिमा प्रस्ताव गरेको थियो।

Tata
GBIME
Nepal Life

समितिले अनुमति दिएसँगै दाहाल ४ वर्षका लागि प्राइम लाइफ इन्स्योरेन्सको सीइओमा नियुक्त भएको कम्पनीले जनाएको छ। प्राइम लाइफका पूर्व प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईको कार्यकाल गत असार ३१ गते सकिएको थियो।

त्यसपछि कम्पनीका डेपुटी सीइओ रहेका दाहाललाई कामु सीइओको जिम्मेवारी कम्पनीले दिएको थियो।  

यति बेला पुँजी वृद्धि गर्नका लागि प्राइम, गुँरास र युनियन लाइफ इन्स्योरेन्सको बिग मर्जर भएको छ। हाल कम्पनीको डिडिए मूल्यांकन भइरहेको छ। अहिलेसम्मको वित्तीय विवरण हेर्दा मर्जपछि पनि दाहाल सीइओ हुने सम्भावना उच्च छ।