BIZMANDU
www.bizmandu.com

केही दिन घटेको सुनको मूल्य बिहीबार उकालो लाग्यो, तोलामै ८ सय रुपैयाँले वृद्धि, चाँदी कति पुग्यो?

२०७९ साउन १९

केही दिन घटेको सुनको मूल्य बिहीबार उकालो लाग्यो, तोलामै ८ सय रुपैयाँले वृद्धि, चाँदी कति पुग्यो?
केही दिन घटेको सुनको मूल्य बिहीबार उकालो लाग्यो, तोलामै ८ सय रुपैयाँले वृद्धि, चाँदी कति पुग्यो?


काठमाडौं। सुनको मूल्य बिहीबार फेरि बढेको छ। सुन अघिल्लो दिनको भन्दा तोलामा ८ सय रुपैयाँले बढेको हो।

Tata
GBIME
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ९६ हजार एकसय रुपैयाँ निर्धारण भएको छ। बुधबार सुन तोलामा ३ सय रुपैयाँले घटेर कारोबार मूल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँ थियो।

चाँदीको मूल्य प्रतितोला एक हजार एकसय १० रुपैयाँमा स्थिर छ। बुधबार तोलामा १० रुपैयाँ घटेको चाँदीको मूल्यमा बिहीबार कुनै फेरबदल भएन।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्यो बढ्दा यसको असर स्थानीय बजारमा परेको छ। बिहीबार सुन प्रतिऔंस १७७१.५९ डलरमा कारोबार भएको छ। चाँदी प्रतिऔंस २०.२२ डलर छ।