BIZMANDU
www.bizmandu.com

मुद्रास्फिती बढ्दै गएपछि गाडी उत्पादक कम्पनीहरु समस्यामा, घट्न थाल्यो नयाँ गाडीको माग

२०७९ साउन १९

मुद्रास्फिती बढ्दै गएपछि गाडी उत्पादक कम्पनीहरु समस्यामा, घट्न थाल्यो नयाँ गाडीको माग
मुद्रास्फिती बढ्दै गएपछि गाडी उत्पादक कम्पनीहरु समस्यामा, घट्न थाल्यो नयाँ गाडीको माग

काठमाडौं। विश्वका कार निर्माताहरूले नयाँ गाडीको माग घट्न थालेको बताएका छन्। मुद्रास्फीति बढ्दै गएपछि गाडीको माग घट्न थालेको उनीहरुको भनाई छ। कार निर्माताहरूका अनुसार हाल युरोप तथा उत्तरी अमेरिकामा गाडीहरुको मागमा उल्लेख्य कमी आएको छ।  

Tata
GBIME
Nepal Life

विश्लेषकका अनुसार उपभोक्ताहरूले आफ्नो दैनिकी र उच्च मूल्यवृद्धिका कारण तत्काल गाडी किन्न पैसा खर्च नगर्ने मनस्थिती बनाएको देखिन्छ। 

उनीहरुका अनुसार हाल मानिसहरुले आफ्नो  दैनिक आवश्यकता परिपूर्तिमै धेरै पैसा खर्च गर्नुपरिरहेको छ। उनीहरु गाडीको मूल्य कम कहिले होला भनेर पनि पर्खिरहेको अवस्था छ।

माग कम हुन थालेपछि अब 'वेटिङ  टाइम' पनि छोटो हुने भएको छ। 'नयाँ गाडीहरुको अर्डर घट्दै गएका छन्,' बीएमडब्ल्युका प्रमुख कार्यकारी ओलिभर जिप्सेले बुधबार एक विज्ञप्तीमार्फत जानकारी दिए।

सिइओ जिप्सेका अनुसार कार निर्माताहरूले अहिलेसम्म मूल्य उच्च बनाएर मार्जिन सुरक्षित गरेका छन्।  तर उत्तर अमेरिका र युरोपमा मुद्रास्फीतिमा भएको तीव्र वृद्धिले बढ्दो लागत पार गर्न अझ गाह्रो बनाउन सक्ने उनको भनाई छ।

फक्सवागनका प्रमुख वित्तीय अधिकारी अर्नो एन्टलिट्जका अनुसार  यस भन्दा अघिकै अर्डर डेलिभरी हुन सकेको छैन। तर हालैका दिनहरुमा भने नयाँ गाडीको अर्डर कम भएका छन्। 'यस्तो चेतावनी संकेतहरू युरोप र उत्तर अमेरिकाका लागि हुन्, चिनियाँ क्षेत्रका लागि कम छ।,' उनले भने।

युरोप र संयुक्त राज्यमा मुद्रास्फिती हालैका महिनाहरूमा बढेको छ। यो महिनौंसम्म लम्बिन सक्ने र यसले उपभोक्ता र व्यापारिक रुपमा गिरावट ल्याउन सक्ने केन्द्रीय बैंकहरुले चेतावनी दिइसकेका छन्। अनलाइन कार डिलरसीप र लिलामी प्लाटफर्महरूबाट हुने बिक्री तथ्यांकले यस वर्ष मार्चदेखि मागमा मन्दी देखाएको कक्स अटोमोटिभका युरोप निर्देशक फिलिप नोथर्डले बताए। उनले भने, ‘उपभोक्ताहरु अहिले निकै सचेत छन्। त्यसैले यो समयमा गाडी खरिद गर्न पछि हट्दैछन्।'

म्युनिखमा रहेको इफो इन्स्टिच्युटले बुधबार जारी गरेको सर्वेक्षणले ग्यासको अभाव र चिनियाँ अर्थतन्त्रमा निरन्तर कमजोरीको कारण जर्मन कार निर्माताहरूको अर्डर ब्याकलग संकुचित भएको र मूल्य पनि तल झरेको देखाएको छ।

सबै भन्दा ठूलो गाडी निर्माता स्टेलान्टिसका प्रमुख कार्यकारी कार्लोस टाभरेसले घरपरिवारको बजेट बढेका कारण हाल गाडी किन्न सक्ने अवस्थामा अर्थतन्त्र नरहेको बताएका छन्। 'अहिलेको लागि कार निर्माताले उपभोक्ताहरूलाई आफ्नै बढ्दो लागतहरू मूल्यवृद्धि गरेर हस्तान्तरण गर्न चाहन्थे, तर यो सधैंभरी रहन सकेन,' उनले भने, 'गाडीहरुको मूल्यवृद्धिको एक सीमा छ। त्यसमा सबैले परिस्थिति हेरेर मात्र योजना बनाउँदा राम्रो हुन्छ।'

तर फोर्डले भने आपूर्ति श्रृंखला समस्याको बीचमा गत वर्ष खारेज गरिएका सहुलियत र प्रोत्साहनहरू फिर्ता ल्याउने बारे विचार गरिरहेको मुख्य वित्तीय अधिकारी जोन ललरले बताए।