BIZMANDU
www.bizmandu.com

बालुवाटारमा गठबन्धनबीच जुट्यो मंसिर ४ मा चुनाव गर्ने समझदारी, कहिले होला औपचारिक घोषणा?

२०७९ साउन १८

काठमाडौं। सत्ता गठबन्धनको बैठकले मंसिर ४ गते प्रदेश तथा प्रतितिनिधसभाको निर्वाचन गर्ने समझदारी गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बसेको बैठकमा चुनावको मिति तोक्नेबारेमा छलफल भएको थियो।

Tata
GBIME
Nepal Life

उक्त बैठकमा चुनाव र गठबन्धनका बारेमा छलफल भएको नेकपा (एकीकृत समाजवादी)का महासचिव डा बेदुराम भुसालले जानकारी दिए।

‘चुनावका बारेमा छलफल भएको छ। मन्त्रिपरिषद्बाट निर्णय गर्ने भनिएको छ,’उनले भने।

अबको मन्त्रिपरिषद्बाट चुनावको मिति तय हुने नेताहरुले बताएका छन्। निर्वाचन आयोगले असार २२ गते चुनावको मिति मंसिर ४ गतेका लागि तोक्न सरकारलाई सुझाव दिएको थियो।

उक्त सुझाव अनुसार नै देउवाले चुनावको मिति तोक्ने तयारी गरेका थिए। तर, सत्ता गठबन्धनका नेताहरुबिच सहमति जुट्न नसक्दा चुनावको मिति तोकिएको छैन। आजको बैठकमा प्रतिनिधिसभाको म्याद चुनाव सम्मै राख्ने या अहिले नै अन्त्य हुने भन्नेबारेमा पनि छलफल भएको थियो।