BIZMANDU
www.bizmandu.com

बैंक कर्मचारीको तालिमबारे राष्ट्र बैंकको नयाँ निर्देशन: ऋण र ट्रेड फाइनान्समा हरेक वर्ष तालिम

२०७९ साउन १८

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई दिइने तालिममा थप व्यवस्था गरेको छ।

Tata
GBIME
Nepal Life

मौद्रिक नीतिमा भएको कार्यक्रम कार्यान्वयन गर्न दुई सातापछि बुधबार जारी गरिएको निर्देशनले बैंक तथा वित्तीय संस्थाको कर्मचारीलाई दिइने तालिममा थप ब्याख्या गरिएको हो।

अबदेखि बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई कार्य क्षेत्रसँग सम्बन्धित तालिम प्रत्येक २ बर्षमा कम्तिमा एक पटक दिनु पर्ने हुन्छ।

ट्रेड फाइनान्स तथा कर्जा सम्बन्धी कार्य गर्ने कर्मचारीलाई बिशिष्टिकृत तालिम प्रत्येक बर्ष दिनु पर्ने छ।

नयाँ भर्ना भएका कर्मचारीलाई बैंक प्रवेश गरेको एक महिनाभित्र कम्तिमा दुई हप्ताको अभिमूखिकरण तालिम दिनुपर्ने हुन्छ।

बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई प्रदान गरेको तालिमको शीर्षक, मिति, अवधि, तालिम प्राप्त गर्ने कर्मचारीको नामावली लगायतका विवरण आफ्नो वेबसाइट मा अर्द्धवार्षिक रुपमा अद्यावधिक गर्नु पर्ने हुन्छ।