BIZMANDU
www.bizmandu.com

टाटा मोटर्सको मासिक बिक्री अहिलेसम्मकै उच्च, जुलाईमा मात्र ४७ हजारभन्दा धेरै गाडी बिक्यो

२०७९ साउन १७

टाटा मोटर्सको मासिक बिक्री अहिलेसम्मकै उच्च, जुलाईमा मात्र ४७ हजारभन्दा धेरै गाडी बिक्यो
टाटा मोटर्सको मासिक बिक्री अहिलेसम्मकै उच्च, जुलाईमा मात्र ४७ हजारभन्दा धेरै गाडी बिक्यो

काठमाडौं। भारतमा टाटा मोटर्सको प्यासेन्जर भेहिकलको बिक्री हालसम्म कै उच्च भएको छ। टाटाले गत जुलाईमा अहिलेसम्मकै उच्च गाडी बिक्री भएको जनाएको हो।

Tata
GBIME
Nepal Life

जुलाईमा टाटाका ४७ हजार ५०५ युनिट गाडीहरु बिक्री भएको तथ्यांकमा छ। जबकि अघिल्लो वर्षको यसै महिना ३० हजार १८४ युनिट गाडीहरु बिक्री भएको थियो। तुलनात्मक हिसाबले यो ५७ प्रतिशतको वृद्धि हो।

नेक्सन एसयुभी टाटा मोटर्सको सबैभन्दा बढी बिक्री हुने मोडेल हो र यसको सम्पूर्ण गाडी सबैभन्दा बढी बिक्री हुने ५ गाडीहरुमध्ये एक पनि हो। यस एसयुभी बाहेक पन्च र एल्ट्रोजको बजार बिक्री अवस्था पनि निरन्तर रुपमा उत्साहजनक बन्दै गएको कम्पनीको भनाइ छ।  टाटाका गाडीहरुको कूल बिक्रीको वृद्धिमा प्रत्येक महिना नयाँ-नयाँ रेकर्डको कायम भएको कम्पनीले जनाएको छ।

गत महिना ५ हजार ४३३ युनिट टाटा टिगोरको (कम्प्याक्ट सेडान) बिक्री भएको थियो। यो मासिक बिक्री संख्या यसको २०१७ को मार्च महिनामा बजारमा सार्वजनिक भए पछिको सबैभन्दा उच्च हो।

नेक्सन, टियागो र टिगोरको संरचनामा सन् २०२० को सुरुवातमा परिमार्जन भएपछि यी तीनै युनिट गाडीहरुको बिक्री परिमाणमा ठूलो बढोत्तरी भएको छ। कम्पनीले गत वर्षको जुलाई महिनाको तुलनामा यस वर्ष सोही महिनामा नेक्सनको बिक्रीमा १०५ प्रतिशतले वृद्धि भएको जनाएको छ। यसरी यस गाडीले टाटा ब्राण्डको कूल वृद्धिमा ६४ प्रतिशत हिस्सा ओगटेको छ।

२०२१ को अन्तिमतिर बजारमा ल्याइएको पन्च माइक्रो एसयुभीको बिक्री दर पनि गत महिना सबैभन्दा उच्च रहेको छ। सुरक्षाको लागि उपाधि प्राप्त यो पाँच सिट क्षमताको गाडी अल्फा प्लाटफर्ममा आधारित दोस्रो मोडल हो। गत महिना ११ हजार ७ युनिट पन्च बिक्री भएको थियो। त्यही भएर टाटाले भारतीय चारपाङ्ग्रे बजारको मासिक बिक्री परिमाणमा एकपछि अर्को रेकर्ड राखेको छ।

टाटाको नेक्सन इभी र टिगोर इभीको गत महिना कूल बिक्री संख्या ४ हजार २२ युनिट रहेको छ। यो संख्या कम्पनीको आजसम्मकै विद्युतीय गाडीको क्षेत्रमा सबैभन्दा उच्च हो। आफ्नो विद्युतीय गाडीहरुको बढ्दो लोकप्रियताबाट उत्साहित हुँदै कम्पनीले ठूलो ब्याट्री प्याक र लामो दूरी तय गर्न सक्ने क्षमता भएको नेक्सन इभी म्याक्स बजारमा ल्याएको छ।