BIZMANDU
www.bizmandu.com

आठ प्रतिस्पर्धीलाई पछि पार्दै केशवकुमार बस्नेत उदयपुर सिमेन्ट उद्योगको अध्यक्ष नियुक्त

२०७९ साउन १७

आठ प्रतिस्पर्धीलाई पछि पार्दै केशवकुमार बस्नेत उदयपुर सिमेन्ट उद्योगको अध्यक्ष नियुक्त
आठ प्रतिस्पर्धीलाई पछि पार्दै केशवकुमार बस्नेत उदयपुर सिमेन्ट उद्योगको अध्यक्ष नियुक्त


काठमाडौं। आठ प्रतिस्पर्धीलाई पछि पार्दै उदयपुर सिमेन्ट उद्योग लिमिटेडको अध्यक्षमा केशवकुमार बस्नेत नियुक्त भएका छन्। सरकारले उद्योग अध्यक्ष खुल्ला प्रतिस्पर्धाबाट नियुक्ति गरेको हो।

Tata
GBIME
NLIC

अध्यक्ष पदका लागि ९ जनाको आवेदन परेको थियो। आवेदन दिएकामध्ये बस्नेत, जगदीशप्रसाद गौतम जोशी, दिलीपकुमार झा, नवलकिशोर साह, नारायणमणि लामिछाने, निर्मलप्रसाद कोइराला, मुरारी खड्का, राजकुमार चौधरी र राधारमण खतिवडा अन्तर्वार्ताका लागि छनोटमा परेका थिए। 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत शुक्रबार आवेदकहरुलाई अन्तर्वार्ताको लागि डाकेको थियो। अन्तर्वार्तापछि गत आइतबार मन्त्रालयले आवेदकहरुमध्ये बस्नेतलाई नियुक्तिका लागि योग्य ठहर गर्ने निर्णय गरेको जनाएको छ।  भुमरसुवा-४ उदयपुरका बस्नेतको नाम नियुक्तिका लागि सिफारिस गरेको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ। 

उदयपुर सिमेन्टको अध्यक्ष नियुक्तिका लागि मन्त्रालयले गत असार ३० मा दरखास्त आह्वान गरेको थियो।