BIZMANDU
www.bizmandu.com

नेपालमा अमेरिकी व्यवसाय र लगानीमा सहजीकरण गर्न सहमति, अमेरिकन चेम्बरले गर्‍यो पहल

२०७९ साउन १६

नेपालमा अमेरिकी व्यवसाय र लगानीमा सहजीकरण गर्न सहमति, अमेरिकन चेम्बरले गर्‍यो पहल
नेपालमा अमेरिकी व्यवसाय र लगानीमा सहजीकरण गर्न सहमति, अमेरिकन चेम्बरले गर्‍यो पहल

काठमाडौं। नेपालस्थित अमेरिकी दूतावासले अमेरिकन चेम्बर अफ कमर्स (अमचेम नेपाल) नेपालसँगको सहकार्यमा व्यवसायी तथा सरकारी नेतृत्वकर्ता विच कार्यशाला गोष्ठी सम्पन्न भएको छ।

Tata
GBIME
Nepal Life

मुलुकमा दिगो आर्थिक विकासको प्रवर्द्धन लक्षित कार्यशाला गोष्ठीमा मार्फत व्यवसाय र लगानीमा सहजीकरण गरिने सम्झौता भएको छ।कार्यक्रमले नेपालमा नयाँ र द्रुत गतिमा विकास हुँदै गरेको र अमेरिका-नेपालबिचको व्यापार तथा लगानी सम्बन्धलाई टेवा पुर्‍याउन प्रयासरत नेपालस्थित अमेरिकी वाणिज्य संघ बारे पनि छलफल भएको जनाइएको छ।

'अरु धेरै मुलुक जस्तै नेपालको आर्थिक विकासमा पनि परिवर्तनको प्रमुख सम्वाहक निजी क्षेत्र रनै हो। जसले रोजगारी सिर्जना गर्छ र राष्ट्रिय आयमा सर्वाधिक योगदान पुर्‍याउँछ।,' कार्यवाहक राजदूत म्यानी पी. मिक्कलरले भने, 'त्यसबाहेक जिम्मेवारी र समावेशिता जस्ता मुल्यहरू प्रदर्शन गर्दै र नेपालका सबै समुदायको उत्थान गर्ने सकारात्मक प्रभाव पार्दै निजी क्षेत्रले उदाहरण प्रस्तुत गरी नेतृत्व गर्दछ।'

गोष्ठीमा मुलुकको व्यावसायिक वातावरण र लगानीसम्बन्धी नीतिगत पहल केन्द्रित रहेको जनाएको छ। कार्यक्रममा उद्यमी, कार्यकारी पदाधिकारी, व्यावसायिक सङ्घका प्रतिनिधि, विकास संस्था, प्रबुद्ध समुह तथा सरकारी अधिकारीलगायतका नेपालको दिगो आर्थिक विकास प्रवर्द्धनका सरोकारवालाहरूको उपस्थिति रहेको अमेरिकन चेम्बर अफ कमर्सका अध्यक्ष अजित शाहले बताए।

उद्योग वाणीऽज्य महासंघ (एफएनसिसिआई), एनयुएसएसिसिआई लगायत नेतृत्वसँगको सहकार्यमा यसको आवश्यकता र हाल सञ्चालनमा रहेका अमेरिकी व्यवसायहरूका लागि नीतिगत चुनौति समाधान बारे छलफल भएको अमेरिकन चेम्बर अफ कमर्स अन्तर्गत नेपालका लागि अध्यक्ष अजित शाहले बताए।

कार्यक्रमले काठमाडौंस्थित अमेरिकी दूतावासलाई नेपालमा अमेरिकाको बढ्दो व्यावसायिक लगानी र संलग्नताप्रति समर्थन प्रदर्शन गर्ने अवसर प्रदान गरेको जनाइएको छ।

कार्यक्रममा दूतावासका कार्यवाहक राजदूत म्यानि पी. मिक्कलर, नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेलले आआफ्नो धारणा व्यक्त गरेका थिए ।