BIZMANDU
www.bizmandu.com

आइएमई लाइफ इन्स्योरेन्सले जारी गर्‍यो आर्थिक वर्ष २०७६/७७ को नयाँ बोनस दर, बीमितलाई २० देखि ७०

२०७९ साउन १६

आइएमई लाइफ इन्स्योरेन्सले जारी गर्‍यो आर्थिक वर्ष २०७६/७७ को नयाँ बोनस दर, बीमितलाई २० देखि ७०
आइएमई लाइफ इन्स्योरेन्सले जारी गर्‍यो आर्थिक वर्ष २०७६/७७ को नयाँ बोनस दर, बीमितलाई २० देखि ७०

काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ का लागि नयाँ बोनस दर जारी गरेको छ।

Tata
GBIME
Nepal Life

आर्थिक वर्ष २०७७/७८ को आर्थिक लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धि बीमांकीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत भएपछि २०७७ असारसम्ममा जारी भएका मुनाफामा सरिक हुने  बीमालेखहरुमा बोनस दर कायम गरेको कम्पनीले जनाएको छ।

कम्पनीले जारी  गरेको नयाँ बोनस दर बीमितले प्रति हजार २० देखि ७० रुपैयाँसम्म पाउने छन्।

जसमा सावधिक जीवन बीमालेख अन्तर्गत ९ वर्ष अवधिका लागि ३० रुपैयाँ बोनस दर तोकिएको छ। १० देखि १४ वर्ष ३० रुपैयाँ छ।

१५ देखि १९ वर्षेलाई ३५ रुपैयाँ र २० देखि २४ वर्षको अवधिलाई ४८ रुपैयाँ बोनस दर छ। २५  वा सो भन्दा माथिको अवधिलाई ७० रुपैयाँ तोकिएको छ।

त्यस्तै सावधिक र  अग्रिम भुक्तानी तथा आजीवन बीमालेखको बोनस दर बराबर छ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखअन्तर्गत १० देखि १४ वर्ष अवधिका लागि ३० रुपैयाँ बोनस दर छ। १५ देखि १९ वर्षको लागि ३५ रुपैयाँ २० देखि २४ वर्षेलाई ४८ रुपैयाँ छ। २५ वर्ष वा सो भन्दा माथिको अवधिका लागि ७० रुपैयाँ बोनस दर  तोकेको कम्पनीले जनाएको छ।

कम्पनीको वार्षिक अग्रिम भुक्तानी सावधिक धन सरिता जीवन बीमालेखमा सम्पूर्ण बीमा अवधिका लागि २० रुपैयाँ बोनस दर कायम गरेको छ।

उल्लेखित अवधिका लागि उपरोक्त अनुसारको बोनस दर मुत्यु दाबी पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी समर्पण मूल्य, चुक्ता मूल्य तथा चालु बीमालेखमा समेत लागु हुने र कम्पनीको आगामी बीमांकीय मूल्यांकन नभएसम्मका लागि अन्तरिम बोनस दरको रुपमा उपरोक्त बमोजिम कायम गरिएको कम्पनीले जनाएको छ।