BIZMANDU
www.bizmandu.com

सुनको मूल्यमा फेरि गिरावट, बुधबार तोलाको ९४ हजारमा आइपुग्यो, चाँदीमा झिनो बढोत्तरी

२०७९ साउन ११

सुनको मूल्यमा फेरि गिरावट, बुधबार तोलाको ९४ हजारमा आइपुग्यो, चाँदीमा झिनो बढोत्तरी
सुनको मूल्यमा फेरि गिरावट, बुधबार तोलाको ९४ हजारमा आइपुग्यो, चाँदीमा झिनो बढोत्तरी

काठमाडौं। सुनको मूल्य लगातार घट्न थालेको छ। बुधबार पुन: २ सय रुपैयाँ घट्दा बजार मूल्य प्रतितोला ९४ हजार निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME
Nepal Life

साउन लागेयता सुन यो कारोबार  मूल्यमा आइपुगेको चौथोपटक हो। मंगलबार तोलामा २ सय रुपैयाँ घट्दा ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य बुधबार तोलामा ५ रुपैयाँले बढेको छ। प्रतितोला ११ सय ५५ रुपैयाँ कायम भएको छ।

मंगलबार चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य क्रमिक घट्न थालेपछि प्रभाव स्थानीय बजारमा देखिएको छ। बुधबार सुन प्रतिऔंस १७१८.४८ डलर र चाँदी प्रतिऔंस १८.५९ डलर छ। 

मंगलबार सुन प्रतिऔंस १७२२.२४ डलर र चाँदी १८.५२ डलरमा कारोबार भएको थियो।