BIZMANDU
www.bizmandu.com

हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको अध्यक्षमा मकवानपुरको बसामाडीका भेटुवाल नियुक्त

२०७९ साउन ९

हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको अध्यक्षमा मकवानपुरको बसामाडीका भेटुवाल नियुक्त
हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको अध्यक्षमा मकवानपुरको बसामाडीका भेटुवाल नियुक्त


काठमाडौं। हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको अध्यक्षमा गणेशप्रसाद भेटुवाल नियुक्त भएका छन्। उद्योग अध्यक्षको रिक्त पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट नियुक्ति गरिएको हो। 

Tata
GBIME
NLIC

अध्यक्ष पदका लागि ८ जनाको आवेदन परेको थियो। जसमा अन्जना अपाध्याय, गणेशप्रसाद भेटुवाल, गौतम केसी, दिलीपकुमार झा, नहकुल केसी, निर्मलप्रसाद कोइराला, रवीन्द्र अधिकारी र सन्तोषकुमार तामाङले आवेदन थिएका थिए। मन्त्रालयको सिफारिस समितिले उनीहरुसँग गत शुक्रबार अन्तर्वार्ता लिएको थियो।

अन्तर्वार्तापछि आवेदकमध्ये अध्यक्षमा नियुक्तिका लागि मकवानपुरको बसामाडी-२ का भेटुवालको नाम सिफारिस गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।

मन्त्रालयले गत आर्थिक वर्ष गत असार २७ गते अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको थियो।