BIZMANDU
www.bizmandu.com

किसान लघुवित्तलाई प्रमुख कार्यकारी अधिकृत चाहियो, सात दिनभित्र आवेदन दिन माग, तलब कति?

२०७९ साउन ४

काठमाडौं। किसान लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत नियुक्ति प्रकृया अगाडि बढाएको छ। कम्पनीले सात दिनको समय दिएर इच्छुकबाट दर्खास्त माग गरेको हो।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय संस्थाको लाइसेन्स पाएको कम्पनीले आगामी चार बर्षका लागि प्रमुख कार्यकारी नियुक्त गर्न खोजेको हो।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत बन्नका लागि चार्टर्ड एकाउन्टेन्ट, ब्यवस्थापन, बैंकिङ लगायत वबिषयमा स्नातकोत्तर गरेको हुनु पर्ने छ।

यसबाहेक बैंक तथा वित्तीय संस्थामा प्रबन्धक भएर १० बर्ष काम गरेको अनुभव हुनु पर्ने छ। उमेर ४० नाघेको तर ६० ननाघेको हुनु पर्ने छ। तलब भने आपसी समझदारीमा तोकिने कम्पनीले जनाएको छ।