BIZMANDU
www.bizmandu.com

सात बैंकको ऋण बिस्तार १० अर्ब रुपैयाँभन्दा कम, सरकारी बैंकहरु ऋण बिस्तारमा आक्रामक

२०७९ साउन ३

काठमाडौं। मर्जरका कारण नबिल बैंकको ऋण बिस्तार १०३ अर्ब ४१ करोडले बढेको छ। नेपाल बंगलादेश बैंकसँग मर्जर भएका कारणले उच्च दरले ऋण प्रवाह बढेको हो।

Tata
GBIME
Nepal Life

नेपाल बंगलादेश बैंकको गत वर्ष ७१ अर्ब रुपैयाँ ऋण थियो। सबैभन्दा कम ऋण नेपाल इन्भेष्टमेन्ट बैंकको ९७ करोड रुपैयाँले बढेको छ।

यसपछि एनआइसी एसियाको ३ अर्ब ४० करोडले बढेको छ। १० अर्बभन्दा कम ऋण बढ्नेमा नेपाल एसबीआइ, मेगा, प्रभु, बैंक अफ काठमाण्डू, सिभिल बैंक छन्।

नबिलपछि सर्वाधिक नेपाल बैंकको करिब ३६ करोडले ऋण बढेको छ। यसपछि ग्लोबल आइएमइ बैंकको २९ अर्ब ७१ करोड रुपैयाँले बढेको छ। राष्ट्रिय वाणिज्य बैंकको २९ अर्बले बेको छ भने एनसीसी बैंकको २७ अर्बले बढेको छ।

बैंकहरुको एक वर्षको ऋण (रु. अर्बमा)
बैंक २०७८ असार २०७९ असार थप/घट बैंक २०७८ असार २०७९ असार थप/घट
NABIL 205.65 309.06 103.41 SCBNL 72.05 89.59 17.54
NBL 144.95 180.82 35.87 KUMARI 143.77 159.44 15.67
GLOBAL 242.50 272.21 29.71 MBL 116.27 129.61 13.34
RBB 199.76 228.65 28.89 CITIZEN 123.64 135.77 12.13
NCC 99.91 126.93 27.02 PRIME 142.98 154.95 11.97
ADBNL 151.54 178.55 27.01 CENTURY 81.39 91.47 10.08
NMB 158.04 182.09 24.05 NSBL 101.58 110.69 9.11
LAXMI 108.65 132.57 23.92 MEGA 141.12 150.04 8.92
HBL 132.86 156.45 23.59 PRABHU 142.26 150.41 8.15
SBL 165.68 186.09 20.41 BOK 98.90 106.72 7.82
SUNRISE 103.37 123.77 20.40 CIVIL 83.04 87.18 4.14
EBL 134.95 154.55 19.60 NIC 264.84 268.24 3.40
SANIMA 122.69 140.83 18.14 NIBL 167.19 168.16 0.97