BIZMANDU
www.bizmandu.com

नेपाल औषधि लिमिटेडमा अध्यक्ष पदका लागि आवेदन खुल्यो, सात दिनभित्र आवेदन दिनुपर्ने

२०७९ असार ३०

काठमाडौं। नेपाल औषधि लिमिटेडको रिक्त अध्यक्ष पदमा आवेदन खुला भएको छ।

Tata
GBIME
Nepal Life

खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति गर्ने नेपाल औषधि लमिटेडले जनाएको छ। उक्त पदका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बद्ध सार्वजनिक पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धि निर्देशिका २०७८, बमोजिम योग्यता तथा अनुभव हुनुपर्ने बताइएको छ।

मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातक उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तिमा पाँच वर्षको कार्य अनुभव भएकाले मात्र आवेदन दिन पाउनेछन्।

साथै, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको व्यक्तिले आवेदन दिन मिल्ने जनाइएको छ। ३५ वर्ष देखि ६५ वर्ष ननाघेको व्यक्तिले आवेदन दिन सकिनेछ।

अध्यक्ष पदका लागि योग्यता भएका व्यक्तिले ७ दिनभित्र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रलायमा आवदेन दिन सक्ने बताइएको छ।