BIZMANDU
www.bizmandu.com

कोरोना बिमाको दाबी भुक्तानीमा सरकारले ढाँट्यो, ३७००१ जनालाई ६ अर्ब १६ करोड रुपैयाँ तिर्नैपर्ने

२०७९ असार २९

कोरोना बिमाको दाबी भुक्तानीमा सरकारले ढाँट्यो, ३७००१ जनालाई ६ अर्ब १६ करोड रुपैयाँ तिर्नैपर्ने
कोरोना बिमाको दाबी भुक्तानीमा सरकारले ढाँट्यो, ३७००१ जनालाई ६ अर्ब १६ करोड रुपैयाँ तिर्नैपर्ने

काठमाडौं। सरकारले कोरोना बिमाको दाबी भुक्तानीमा तिर्नैपर्ने महालेखा परिक्षकको कार्यलयले बताएको छ। कार्यालयको ५९ औं प्रतिवेदनमा सरकारलाई बिमावापतको ६ अर्ब १६ करोड तिर्नुपर्ने दायित्व थपिएको जनाएको छ। 

Tata
GBIME
Nepal Life

कोरोना भाइरसको सङ्क्रमण तीव्र रूपमा फैलिरहेको समयमा बीमा समितिले २०७७ जेठदेखि महामारीको बीमा कार्यक्रम सञ्चालन गरेको थियो।

यस प्रयोजनका लागि बीमा समितिले कोरोना बीमा मापदण्ड, २०७७ जारी गरेको समेत गरेको थियो। यसअन्तर्गत २०७७/७८ मा एक लाख १४ हजार ६३३ जनाको बीमा दाबीबापतको १० अर्ब ९७ करोड ७३ लाख रहेकोमा ७७ हजार ६३२ जनाको ४ अर्ब ८१ करोड ११ लाख भुक्तानी भएको छ । 

दाबीमध्ये ३७ हजार एक जनाको ६ अर्ब १६ करोड ६२ लाख भुक्तानी हुनसकेको छैन । निर्देशिकाको व्यवस्थाअनुसार नेपाल सरकारलाई दायित्व पर्ने अवस्था सिर्जना भएको प्रतिवेदनमा उल्लेख गरेको छ। 

सरकारले बीमितहरुको रकम भुक्तानी नगर्दा बीमा लप्रति आम मानिसको विस्वास नै घटाउने काम गरिरहेको छ।