BIZMANDU
www.bizmandu.com

गरगहना लगाएर विदेश जाँदा-आउदा अवरोध नगर्न सुनचाँदी व्यवसायीले भन्सारलाई गरे आग्रह

२०७९ असार २८

काठमाडौं। नेपाली मौलिक गरगहना लगाएर आवतजावत गर्दा भन्सारमा अवरोध नगर्न सुनचाँदी व्यवसायीले भन्सार विभागलाई आग्रह गरेका छन्।

Tata
GBIME
Nepal Life

नेपाली गरगहना लगाएर विदेशबाट नेपाल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा अनावश्यकरूपमा कडाइ हुने गरेको भन्दै सुनचाँदी व्यवसायीहरुले त्यसमा सहजिकरणगर्न भन्सार विभागसँग आग्रह गरेका हुन्। मापदण्डभन्दा बढीका गरगहना लगाएर नेपाल आएको पाइए भन्सारले कर असुली वा जफतको कारबाही गर्दै आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा मंगलबार गएको प्रतिनिधि मण्डलले विभागका महानिर्देशक कमलप्रसाद भट्टराईलाई भेटेर नेपाली मौलिक डिजाइनका गरगहना लगाएकालाई दुर्व्यवहार नगर्न आग्रह गरेको हो। 

भेटका क्रममा अध्यक्ष शाक्यले नेपाली मौलिक गरगहना लगाएर विदेशवाट नेपाल आउँदा ५० ग्रामभन्दा बढीको सुनका गहना ल्याएमा त्यसको भन्सार लिने गरिएको प्रति असन्तुष्टि जनाए।

विद्यमान व्यवस्था अनुसार विदेशवाट नेपाल आउँदा प्रत्येक व्यक्तिले ५० ग्रामसम्म सुनका गहना भन्सार छुटमा ल्याउने पाउने व्यवस्था छ। तर गरगहनाको हकमा यस्तो सीमा निर्धारण गरिएको छैन। नेपालबाट बाहिर जाँदा गरगहना लगाएर जान पाइने तर बाहिरबाट नेपाल आउँदा ५० ग्रामभन्दा बढीका लगाएको पाइए भन्सार शुल्क लिने गरिएको छ। 

व्यवसायीका समस्याको अध्ययनगरी त्यसलाई सम्बोधन गर्न पहल गर्ने विभागका महानिर्देशक भट्टराईले बताए। कतिपयले गहनाको बहाना बनाएर सुन नै ओसारपसार गर्न खोजेको भेटिएपछि कडाइ गर्नु परेको उनले बताए।