BIZMANDU
www.bizmandu.com

डेटा माइग्रेसन गर्न नबिल र बंगलादेश बैंकको बैंकिङ सेवा बन्द हुने, कार्डबाट हुने कारोबार नरोकिने

२०७९ असार २३

डेटा माइग्रेसन गर्न नबिल र बंगलादेश बैंकको बैंकिङ सेवा बन्द हुने, कार्डबाट हुने कारोबार नरोकिने
डेटा माइग्रेसन गर्न नबिल र बंगलादेश बैंकको बैंकिङ सेवा बन्द हुने, कार्डबाट हुने कारोबार नरोकिने

काठमाडौं। नबिल बैंक र नेपाल बंगलादेश बैंकले एकीकृत कारोबार सुरु गर्नुअघि बैंकिङ कारोबार बन्द हुने भएको छ। 

Tata
GBIME
Nepal Life

दुवै बैंकको सबै तथ्यांकलाई एकल बैंकिङ सफ्टवेयरमा समायोजन गर्नुपर्ने भएकाले असार २४ गते शुक्रबार कार्यालय समय पछिदेखि २७ गते सोमबार बिहान कार्यालय समय अघिसम्म बैंकिङ सेवा बन्द रहने नबिल बैंकले जनाएको छ। 

शनिबार सार्वजनिक बिदाको दिन संचालन हुने सम्पूर्ण काउन्टर (३६५ दिन बैंकिङ) पनि बन्द रहने छ। तर, उक्त अवधिमा नबिल बैंकको क्रेडिङ/प्रिपेड कार्ड भने संचालनमा रहने बैंकले जनाएको छ। बंगलादेश बैंकको क्रेडिट कार्ड पनि चल्ने बताइएको छ। 

यस्तै, साविक बंगलादेश बैंकबाट जारी भएको चेकलाई प्रतिस्थापन नगरेसम्म स्वीकार गरिने जानकारी पनि नबिल बैंकले जनाएको छ। 
बंगलादेश बैंकले जारी गरेका डेबिट/क्रेडिट/प्रिपेड कार्डहरु असार २७ गते बिहान कार्यालय समय पछि संचालनमा आउनेछ।

बंगलादेश बैंकले जारी गरेका सबै प्रकारका कार्डहरु क्रमिक रुपमा प्रतिस्थापन गरी नयाँ कार्ड उपलब्ध गराउने तयारी नबिल बैंकको छ।