BIZMANDU
www.bizmandu.com

सडक बोर्डको कार्यकारी निर्देशकमा नियुक्तिका लागि योग्य ५ को अन्तिम सूची तयार,कसले मार्ला बाजी?

२०७९ असार २०


काठमाडौं। सडक बोर्ड नेपालले कार्यकारी निर्देशक छनोटका लागि निकालिएको विज्ञापनमा आवेदन दिएकाहरु मध्येबाट ५ जना सर्टलिष्टमा परेका छन्।

Tata
GBIME
Nepal Life

कार्यकारी निर्देशकको रिक्त पद पूर्तिका लागि बोर्डले गत चैत १७ गते दरखास्त आह्‍वान गरेको थियो। उक्त पदका लागि थुप्रै आवेदक थिए।

गत शुक्रबार बसेको सडक बोर्ड, नेपाल कार्य समितिको बैठकले आवेदकमध्ये ५ जनालाई योग्य ठहर गर्दै अन्तिम सूची तयार पारेको हो।

अनिलराज पौडेल, कृष्णसिंह बस्नेत, गणेशबहादुर कार्की, श्रद्धा भण्डारी र चेतना थापा योग्य उम्मेदवारको छनोट  सूचीमा परेका छन्। 

यी ५ मध्येबाट बोर्डले एक जनालाई सरकारले कार्यकारी निर्देशकका रुपमा छनोट गर्नेछ।