BIZMANDU
www.bizmandu.com

फोनपे पेमेन्टको ‘फोनपे डाइरेक्ट मार्फत पैसा पठाउँ, ठाउँको ठाउँ’ अभियान सञ्चालनमा 

२०७९ असार १९

फोनपे पेमेन्टको ‘फोनपे डाइरेक्ट मार्फत पैसा पठाउँ, ठाउँको ठाउँ’ अभियान सञ्चालनमा 
फोनपे पेमेन्टको ‘फोनपे डाइरेक्ट मार्फत पैसा पठाउँ, ठाउँको ठाउँ’ अभियान सञ्चालनमा 


काठमाडौं। भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले डिजिटल बैंकिङको बारेमा जनचेतना बढाउन र वित्तीय कारोबारलाई प्रोत्साहन गर्ने उदेश्यले “ फोनपे डाइरेक्ट मार्फत पैसा पठाउँ, ठाउँको ठाउँ“  अभियान सुरु गरेको छ। 

Tata
GBIME
Nepal Life

डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आएको फोनपे मार्फत रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर राखेर तुरुन्तै, अन्तर–बैंककारोबार मार्फत् रकम पठाउन सकिन्छ। 

फोनपेले निरन्तर रुपमा रूपमा डिजिटलाइजेसनको वृहत् पहुँचलाई आत्मसाथ गर्दै मानव जीवनलाई र सहज बनाउने किसिमका सेवा सञ्चालन गर्दै आएको छ। प्रविधि–सञ्चालित तथा ग्राहक–केन्द्रित दृष्टि कोणबाट वित्तीय सेवाहरूलाई सरल, पहुँचयोग्य र किफायती बनाउँदै फोनपेले निरन्तर रूपमा दुई पक्षहरू बीचको वित्तीय कारोबारलाई सरल र सहज बनाउन थप परिष्कृत तरिकाहरू उपलब्ध गराउँदै आएको छ। 

फोनपे  डाइरेक्ट फोनपेको डिजिटल कारोबारको इकोसिस्टम अन्तर्गतको अर्को नवीन सेवा रहेको विज्ञप्तिमा उल्लेख छ। 

यहाँ मोबाइल बैंकिङ्ग एपको मार्फत् सहज एवं सुरक्षित रुपमा मोबाइल बैंकिङ एप मार्फत रकम भुक्तानी एवं रकम प्राप्त गर्न सकिन्छ। पैसा पठाउनको लागि पैसा पठाउने व्यक्तिले आफ्नो मोबाइल बैंकिङ्ग एप लगइन गर्नु पर्दछ। 

लगइन गरेपछि सेण्ड मनि अप्सनमा गइ फोनपे डाइरेक्टलाई छनौट गरी पठाउन चाहेको रकम, प्राप्त गर्ने व्यक्तिको खाता भएको बैंकको नाम तथा खातामा लिंक भएको मोबाईल नम्बर राखेर पठाउन सकिन्छ। 

यो “पैसा पठाऔं ठाउँको ठाउँ” अभियानले यसको बृहत् फिनटेक नेटवर्क मार्फत रकम  स्थानान्तरणलाई सहज एवं सुव्यवस्थित गर्न सक्ने अपेक्षा कम्पनीको रहेको छ । पैसा पठाउन वा अन्य कुनै पनि भुक्तानी गर्न अपनाइने परम्परागत जटिलतालाई यसले कम गर्दछ। 

यसका अतिरिक्त, मोबाइल बैंकिङ एप्सबाट रकम स्थानान्तरण गर्दा समेत कहिलेकाहीँ बैंकको खाता सही नभएको, बैंक शाखा विवरणहरू उपलब्ध नभएको, खातावालाको नाम, आदि जस्ता कुराहरु नमिल्दा रकम पठाउन सकिदैन। तर फोनपेले यस्ता सम्पूर्ण समस्याहरुलाई समाधान गर्दछ। फोनपे डाइरेक्टबाट पैसा पठाउनको लागि बैंक खाता नम्बरको आवश्यकता पर्दैन, र यो केवल मोबाइल नम्बर र बैंकको नामबाट पैसा पठाउन सकिन्छ।

फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवा प्रदायकका  मोबाईल एप्स्बाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ। साथै फोनेमार्फत अन्तरबैंक फण्ड ट्रान्स्फर, हब पेमेन्ट लगायतका कारोबार गर्न सकिन्छ। 

फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त नेपालको अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो। फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा सेवा प्रदायक आबद्ध छन। यस्तै फोनपेमा हालसम्म ८ लाख भन्दा बढि मर्चेन्ट रहेका छन। 

एक करोड  ५० लाख भन्दा धेरै मोबाईल बैकिङ्ग प्रयोगकर्ता तथा भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ।