BIZMANDU
www.bizmandu.com

राइटपाथ करियर काउन्सिलिङको पाँचौ शाखा कुमारीपाटीमा, ‘छोटो समयमै लोभलाग्दो सफलता’

२०७९ असार १९

राइटपाथ करियर काउन्सिलिङको पाँचौ शाखा कुमारीपाटीमा, ‘छोटो समयमै लोभलाग्दो सफलता’
राइटपाथ करियर काउन्सिलिङको पाँचौ शाखा कुमारीपाटीमा, ‘छोटो समयमै लोभलाग्दो सफलता’

काठमाडौं। शैक्षिक परामर्श सेवा प्रदायक संस्था राइटपाथ करियर काउन्सिलिङले आफ्नो पाँचौ शाखा संचालनमा ल्याएको छ। शुक्रवार ललितपुरको कुमारीपाटीमा पाँचौ शाखा संचालनमा ल्याएको हो।

Tata
GBIME
Nepal Life

नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका तथा राइटपाथकी ब्रान्ड एम्बेस्डर पुजा शर्मा, नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष प्रकाश पाण्डे, इक्यानका पुर्व अध्यक्ष विष्णुहरि पाण्डे र राइटपाथका सिइओ फिलिप डिसीले संयुक्त रूपमा  शाखा उद्घाटन गरे। 

इक्यानका पुर्व अध्यक्ष  पाण्डेले छोटो समयमै लोभलाग्दो सफलता हात पारेको बताउँदै विद्यार्थीको भविष्य र संस्था सञ्चालकको लगानी दुवै जोगाएर स्तरीय सेवा प्रदान गर्न सुझाव दिए। 

यसैगरी इक्यान अध्यक्ष पाण्डेले इक्यान द्वारा जारी गरिएको “कोड अफ कन्डक्ट” निरन्तर पालना भइरहेको र भविष्यमा पनि त्यो जारी रहने विश्वास व्यक्त गरे।

कम्पनीका सिइओ डिसीले विद्यार्थी र अभिभावकहरूको माग अनुसार शाखा विस्तार गरिएको बताए। ६ वर्षअघि क्यानडा जाने नेपाली विद्यार्थीहरूको परामर्श सहयात्री बनेर सुरु भएको राइटपाथ परामर्श क्षेत्रमा स्थापित भएको छ।