BIZMANDU
www.bizmandu.com

नेपाल पुनर्बीमाका सहायक प्रमुख कार्यकारी दामोदर भण्डारी कम्पनी सचिव नियुक्त

२०७९ असार १९

नेपाल पुनर्बीमाका सहायक प्रमुख कार्यकारी दामोदर भण्डारी कम्पनी सचिव नियुक्त
नेपाल पुनर्बीमाका सहायक प्रमुख कार्यकारी दामोदर भण्डारी कम्पनी सचिव नियुक्त

काठमाडौं। नेपाल पुनर्बीमा कम्पनीको सचिवमा दामोदर भण्डारी नियुक्त भएका छन्। कम्पनी संचालक समितिको शनिबार सम्पन्न बैठकले सहायक प्रमुख कार्यकारी अधिकृत भण्डारीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। 

Tata
GBIME
Nepal Life

चुक्ता पुँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को दोस्रो  त्रैमासमा २९ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

चालु आर्थिकको दोस्रो त्रैमाससम्ममा कम्पनीको निर्जीवन र जीवन व्यवसायको जगेडा कोषमा ४ अर्ब १३ करोड छ।

बीमा पूल प्रशासकिय कार्यविधि (नियमित गर्ने) ऐन २०१३ को दफा २ अनुसार २०६० असोजमा जोखिम समुहको पुनर्बीमा गर्नका लागि १० करोड रुपैयाँको बिउ पुँजीबाट आकस्मिक बीमा कोषको स्थापना भएको थियो।

उक्त कोषलाई कम्पनीमा रुपान्तर गर्ने सरकारको निर्णयअनुसार २०७१ कात्तिकदेखि नेपाल पुनर्बीमा कम्पनी लिमिटेड स्थापना भएको हो।

मुलुकको यो पहिलो पुनर्बीमा कम्पनीमा १८ सेयर सदस्य छन्। नेपाल सरकार तथा १७ वटा निर्जिवन बीमा कम्पनीहरु संस्थापक सदस्य छन्।