BIZMANDU
www.bizmandu.com

आइएमइ जनरल इन्स्योरेन्स र ग्यालेक्सी क्लिनिकबीच सम्झौता, इन्स्योरेन्स सम्बद्धलाई २५% सम्म छुट

२०७९ असार १९

आइएमइ जनरल इन्स्योरेन्स र ग्यालेक्सी क्लिनिकबीच सम्झौता, इन्स्योरेन्स सम्बद्धलाई २५% सम्म छुट
आइएमइ जनरल इन्स्योरेन्स र ग्यालेक्सी क्लिनिकबीच सम्झौता, इन्स्योरेन्स सम्बद्धलाई २५% सम्म छुट



काठमाडौं। आइएमई जनरल इन्स्योरेन्सका ग्राहक, कर्मचारी र सेयरधनीले महाराजगञ्जको ग्यालेक्सी स्पेसियालिटी क्लिनिकको स्वास्थ्य सेवा शुल्कमा छुट पाउने भएका छन् ।

Tata
GBIME
Nepal Life

यसका लागि इन्स्योरेन्स र क्लिनिक व्यवस्थापनबीच सम्झौता भएको हो। सम्झौतामा आइएमई जनरल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र ग्यालेक्सीका प्रबन्ध निर्देशक शिवराज केसीले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि इन्स्योरेन्सका कर्मचारी, सेयरधनी तथा ग्राहकले ग्यालेक्सीको सेवामा छुट पाउने जनाइएको छ ।

एक्सरे, युएसजी, इसीजी, इको लगायतको शुल्कमा १० प्रतिशतसम्म र ओपीडी सेवामा २५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त हुने इन्स्योरेन्सले जनाएको छ।