BIZMANDU
www.bizmandu.com

ग्लोबल आईएमई म्युचुअल फन्डले ब्यालेन्स फन्ड-१ ल्याउँदै, असार २२ बाट १२ करोड इकाइ बिक्री खुल्दै  

२०७९ असार १९

ग्लोबल आईएमई म्युचुअल फन्डले ब्यालेन्स फन्ड-१ ल्याउँदै, असार २२ बाट १२ करोड इकाइ बिक्री खुल्दै  
ग्लोबल आईएमई म्युचुअल फन्डले ब्यालेन्स फन्ड-१ ल्याउँदै, असार २२ बाट १२ करोड इकाइ बिक्री खुल्दै  

काठमाडौं। ग्लोबल आइएमई म्युचुअल फन्ड अन्तर्गतको ‘ग्लोबल आईएमई ब्यालेन्स फन्ड-१’ को इकाइ बिक्री असार २२ बाट खुल्ने भएको छ। यो म्युचुअल फन्डले १२ करोड इकाइ बिक्रीमा ल्याउने भएको हो। 

Tata
GBIME
Nepal Life

उक्त इकाइमध्ये योजना व्यवस्थापक कम्पनीलाई १.५ प्रतिशत हुने १८ लाख कित्ता र कोष प्रवर्द्धकका लागि १३.५० प्रतिशतले हुने १ करोड ६२ लाख कित्ता छुट्याइएको छ। त्यसपछि बाँकी रहने १० करोड २० लाख कित्ता सर्वसाधरणलाई बिक्री गरिने फन्डले जनाएको छ। 

यो म्युचुअल फन्डको योजना व्यवस्थापकमा ग्लोबल आइएमई क्यापिटल छ भने कोष प्रवर्द्धक ग्लोबल आइएमई बैंक छ। 

अवधि १० वर्ष रहेको यो म्युचुअल फन्ड बन्दमुखी योजना हो। इकाइ बिक्री असार २२ बाट छिटोमा २६ गते र ढिलोमा साउन ४ गतेसम्म खुला रहने छ। 

यो सामुहिक लगानी कोषमा न्युनतम १०० इकाइ तथा अधिकतम १ करोड २० लाख इकाइसम्मका लागि आवेदन दिन सकिन्छ। यसको कोषमा अंकित मूल्य प्रति इकाइ १० रुपैयाँका दरले बिक्री गरिने छ। 

आवेदन आवेदन फारम सी-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट प्राप्त गर्न तथा बुझाउन सकिन्छ।