BIZMANDU
www.bizmandu.com

सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढ्यो, आइतबार प्रतितोला ९७ हजार ५ सय, चाँदीमा घट्यो

२०७९ असार १९

सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढ्यो, आइतबार प्रतितोला ९७ हजार ५ सय, चाँदीमा घट्यो
सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढ्यो, आइतबार प्रतितोला ९७ हजार ५ सय, चाँदीमा घट्यो


काठमाडौं। साताको पहिलो दिन सुनको मूल्य बढेको छ। अघिल्लो दिनको तुलनामा तोलामा ३ सय रुपैयाँले बढेको हो।

Tata
GBIME
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ। असार लागेयता सुन उक्त मूल्यमा तेस्रोपटक आइपुगेको हो।  

गत शुक्रबार ३ सय रुपैयाँ घट्दा प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। चालु महिना सुनको कारोबार मूल्य अधिकतम ९७ हजार ८ सय र न्युनतम ९६ हजार ५ सयका बीचमै घटबढ भइरहेको छ।

आइतबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १२ सय रुपैयाँ कायम भएको छ। यो मूल्य चालु महिना सबैभन्दा कममा आइपुगेको हो। 

शुक्रबार २५ रुपैयाँले घटेर प्रतितोला १२ सय १० रुपैयाँ थियो। असार ५ मा चाँदी प्रतितोला १२ सय ६५ सम्म पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस १८०९.९२ डलरमा कारोबार भएको छ भने चाँदी प्रतिऔंस १९.८९ डलर छ।