BIZMANDU
www.bizmandu.com

गुगलले एन्ड्रोइड एप डेभलपरहरूसँग कानुनी लडाई अन्त्य गर्न ९० मिलियन अमेरिकी डलर तिर्दै  

२०७९ असार १९

गुगलले एन्ड्रोइड एप डेभलपरहरूसँग कानुनी लडाई अन्त्य गर्न ९० मिलियन अमेरिकी डलर तिर्दै  
गुगलले एन्ड्रोइड एप डेभलपरहरूसँग कानुनी लडाई अन्त्य गर्न ९० मिलियन अमेरिकी डलर तिर्दै  


लामो समयदेखि स्मार्टफोनका एप डेभलपरहरुसँग मुद्दामामिलाले हैरान रहेको प्रविधि कम्पनी गुगलले समाधानको बाटो खोजेको छ। एन्ड्रोइड स्मार्टफोनका लागि एपहरू बनाउन र प्रयोगकर्ताहरूलाई इन-एप खरिद गर्न लोभ्याउने पैसालाई लिएर एप विकासकर्तासँगको कानुनी लडाई अन्त्य गर्न गुगल ९० मिलियन अमेरिकी डलर तिर्न सहमत भएको हो।

Tata
GBIME
Nepal Life

एप विकासकर्ताहरूले गुगलविरुद्ध दायर गरेको मुद्दा सान फ्रान्सिस्कोको संघीय अदालतमा चलिरहेको छ। मुद्दामा गुगलले स्मार्टफोन निर्माताहरूसँग गरेको सम्झौताहरू, प्राविधिक अवरोधहरू र आम्दानी साझेदारी सम्झौताहरू प्रयोग गरी एप इकोसिस्टमलाई प्रभावकारी रूपमा बन्द गर्न र गुगल प्ले बिलिङ प्रणाली मार्फत अधिकांश भुक्तानीहरू पूर्वनिर्धारित रूपमा ३० प्रतिशतको सेवा शुल्कमा केन्द्रित गरेको आरोप लगाइएको छ। 

प्रस्तावित सम्झौताको एक भागका रूपमा, गुगलले २०१६-२०२१ सम्म वार्षिक २ मिलियन डलर वा कम कमाउने एप विकासकर्ताहरूलाई समर्थन गर्न फण्डमा ९० मिलियन अमेरिकी डलर राख्ने भएको छ।

त्यसअनुसार ४८ हजार एप विकासकर्ताहरू ९०  मिलियन कोषको लागि आवेदन गर्न योग्य रहेको र मुद्दाका वादीहरूको प्रतिनिधित्व गर्ने हेगेन्स बर्मन सोबोल शापिरो एलएलपीले बताएका छन्।

गुगलले ब्लग पोस्टमा उल्लेख गरेको छ, 'गुगल प्लेमार्फत आम्दानी गर्ने धेरैजसो अमेरिकी विकासकर्ताहरूले यो कोषबाट आफ्नो इच्छा अनुसार पैसा प्राप्त गर्न सक्ने छन्।' 

गुगलले एप विकासकर्ताहरूलाई प्रत्येक वर्ष गुगल प्ले स्टोरबाट प्राप्त हुने पहिलो मिलियन आम्दानीमा १५ प्रतिशत कमिसन पनि लिने बताएको छ। यस प्रस्तावित सम्झौता अदालतले अनुमोदन गर्न बाँकी नै छ । (रोयटर्स)