BIZMANDU
www.bizmandu.com

पर्यटन प्रवर्द्धनका लागि फोटो प्रतियोगिता, विजेतालाई ५० हजार नगदसँगै शे-फोक्सुन्डो प्याकेज

२०७९ असार १८

पर्यटन प्रवर्द्धनका लागि फोटो प्रतियोगिता, विजेतालाई ५० हजार नगदसँगै शे-फोक्सुन्डो प्याकेज
पर्यटन प्रवर्द्धनका लागि फोटो प्रतियोगिता, विजेतालाई ५० हजार नगदसँगै शे-फोक्सुन्डो प्याकेज


काठमाडौं। आन्तरिक पर्यटन प्रवर्द्धनका लागि फोटो प्रतियोगिता हुने भएको छ। अठोट नेपालले फोटो प्रतियोगिता आयोजना गर्ने भएको हो। 
संस्थाले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताले आन्तरिक पर्यटन प्रवर्द्धनलाई सघाउने जनाएको छ।

Tata
GBIME
Nepal Life

अठोट नेपालका संयोजक देवेन्द्रबहादुर शाहीले पर्यटन बोर्डको सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए। प्रतियोगिताका माध्यमबाट विभिन्न संस्कृति तथा विशेषता एकबाट अर्को प्रदेशसम्म आदानप्रदान हुने उनले बताए।

प्रतियोगितामा सहभागी हुनेले चार वटा विधामा प्रतिस्पर्धा गर्न सक्नेछन्। शाहीका अनुसार नेचर, कल्चर, लाईफ स्टाइल र वाइल्ड लाइफ विधामा सहभागी भएर त्यही विधा सम्बन्धित फोटोहरु समावेश हुनेछन। 

यसमा सात प्रदेशबाट पनि सहभागी हुन सकिन्छ। यसबाट सातवटै प्रदेशका प्रकृति-पर्यावरण, संस्कृति  र वन्यजन्तुका फोटा प्रतियोगितामा पठाउन सकिनेछ। 

प्रतियोगितामा विजयी ४ वटै विधाका एक/एक जनाले ५०/५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै त्यसबाट उत्कृष्ट एक जनालाई भने शे-फोक्सुन्डो टुर प्याकेज दिइनेछ।

जसमा शे-फोक्सुन्डोमा फोटोग्राफी गर्न पाइने छ। प्रतियोगिताका विजेता घोषणा आगामी भदौ ३ मा 'वर्ल्ड फोटोग्राफी डे' का दिन गरिने जनाइएको छ।