BIZMANDU
www.bizmandu.com

भर्जु-इन होटलमा प्रहरीको छापा : ४६ लाख स्रोत नखुलेको पैसासहित चिनियाँ नागरिक पक्राउ

२०७९ असार १७

भर्जु-इन होटलमा प्रहरीको छापा : ४६ लाख स्रोत नखुलेको पैसासहित चिनियाँ नागरिक पक्राउ
भर्जु-इन होटलमा प्रहरीको छापा : ४६ लाख स्रोत नखुलेको पैसासहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं। पोखरा-१७ ड्यामसाइटस्थित भर्जु-इन होटेलबाट स्रोत नखुलेको रकमसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

Tata
GBIME
Nepal Life

४५ लाख ९७ हजार १ सय ८० रुपैयाँ नगदसहित ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा नुवाकोटको ककनी-७ का २३ वर्षीय सुमन तामाङ र चिनियाँ नागरिक यीन यिङ्बोसहित ४ जना छन्।

स्रोत नखुलेको नगद राखेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले तलासी गर्दा होटेलको कोठा नम्बर ४०८ बाट उक्त नगद फेला परेको थियो।

प्रहरीले होटलबाट उनीहरूको साथमा रहेको ४ थान मोबाइल फोन, विभिन्न कम्पनीका ९७ थान ल्यापटप, ९ थान डेक्सटप र विभिन्न कम्पनीका अन्य २ सय २८ थान मोबाइल फोन समेत बरामद गरेको छ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।