BIZMANDU
www.bizmandu.com

मूल्यवृद्धिका कारण विश्वभर स्मार्टफोन र कम्प्युटर सिपमेन्ट घट्ने, सामसङ र एप्पललाई धक्का

२०७९ असार १६

मूल्यवृद्धिका कारण विश्वभर स्मार्टफोन र कम्प्युटर सिपमेन्ट घट्ने, सामसङ र एप्पललाई धक्का
मूल्यवृद्धिका कारण विश्वभर स्मार्टफोन र कम्प्युटर सिपमेन्ट घट्ने, सामसङ र एप्पललाई धक्का


काठमाडौं। सुस्त बनेको चिनियाँ अर्थतन्त्र र विश्वभर भइरहेको मूल्यवृद्धिका कारण कम्प्युटर र स्मार्टफोनको सिपमेन्ट घट्ने भएको छ।मूल्यवृद्धिका कारण उपभोक्ताहरुको खर्च गर्ने क्षमता घटेकाले यो वर्ष त्यसको असर कम्प्युटर र स्मार्टफोनमा देखिने रिसर्च फर्म गार्टनरले जनाएको छ।

Tata
GBIME
Nepal Life

गार्टनरका अनुसार विश्वभर स्मार्टफोन सिपमेन्ट भने यो वर्ष सात प्रतिशतले घट्ने बताइएको छ। रुस-युक्रेनबीचको युद्धका कारण सप्लाई चेनमा प्रभाव पर्ने भएकाले असर अझै बढ्न सक्ने बताइएको छ। 

स्मार्टफोन घट्नुमा चीन पनि कारक देखिएको छ। विश्वको सबैभन्दा ठूलो स्मार्टफोन बजार चीनमा यो वर्ष १८ प्रतिशतले सिपमेन्ट घट्ने अनुमान गरिएको छ। गार्टनरका अनुसार कोरोना महामारीका कारण चीनमा लगाइएको लकडाउनका कारण आर्थिक गतिविधि ठप्प हुँदा स्मार्टफोनको माग सांघाईलगायतका आर्थिक हबमा घटेको जनाएको छ। 

त्यसैगरी, ग्लोबल कम्प्युटर सिपमेन्ट पनि यो वर्ष ९.५ प्रतिशतले घट्ने गार्टनेले जनाएको छ। चिप निर्माता माइक्रो डिभाइसेस आइएनसीले जुन महिनाको सुरुआतमै विगत दुई वर्ष अत्यन्तै घटेको पीसी मार्केट यो वर्ष पनि घट्ने जनाएको थियो। 

आइडीसी वर्ल्डवाइड क्वाटर्ली मोबाइल फोन ट्र्याकरले २०२२ मा ग्लोबल स्मार्टफोन सिपमेन्ट ३.५ प्रतिशतले घटेर एक अर्ब ३१ करोड थान पुग्ने जनाएको थियो। 

सिपमेन्ट घट्ने भएकाले एप्पल र सामसङले यो वर्ष अर्डर नै घटाउने भएका छन्। अर्डर घटाएपनि एप्पललाई भने धेरै असर नपर्ने गार्टनरले जनाएको छ। गार्टनरका अनुसार अघिल्लो वर्ष २०२१ को तुलनामा २०२२ मा फाइभजी डिजाइस भने २५.५ प्रतिशतले बढ्ने बताइएको छ।