BIZMANDU
www.bizmandu.com

समृद्धि फाइनान्सको ५० हजार कित्ता संस्थापक सेयर पुनः बिक्रीमा, जो कोहीले किन्न पाउने

२०७९ असार १६

समृद्धि फाइनान्सको ५० हजार कित्ता संस्थापक सेयर पुनः बिक्रीमा, जो कोहीले किन्न पाउने
समृद्धि फाइनान्सको ५० हजार कित्ता संस्थापक सेयर पुनः बिक्रीमा, जो कोहीले किन्न पाउने

काठमाडौं। समृद्धि फाइनान्स कम्पनीले संस्थापक सेयर बिक्री गर्ने भएको छ। ५० हजार कित्ता संस्थापक सेयर पुनः बिक्री गर्ने भएको हो।

Tata
GBIME
Nepal Life

यस अघि गत जेठ  ११ गते कम्पनीले ३५ दिने सूचना जारी गर्दै संस्थापक सेयरधनीका लागि मात्रै पाउने गरि खुलाएको थियो।

तर सो अवधिभर कुनै पनि संस्थापक सेयरधनीबाट आवेदन नपरेपछि पुनः जो कोहीले किन्न पाउने गरी बिक्री खुलाएको हो। सो सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति तथा कम्पनीले ७ दिन भित्र खरिद गर्न सक्नेछन्।

खरिदकर्ताले न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ छ। सेयर खरिद गर्दा सो वा सो भन्दा बढी कतिमा किन्न चाहेको खुलाएर आवेदन दिन सकिने सूचनामा छ।