काठमाडौं। सरकारले पेट्रोलियम पदार्थमा कर घटाउने घोषणा गरे पनि अर्थमन्त्रालयले कर छूट नदिएपछि यो विषय अर्थमन्त्रीको भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले बताएका छन्।
बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्री बडूले भने, 'कर घटाउने-नघटाउने विषय अर्थमन्त्रीको हो। यस विषयमा मन्त्रिपरिषदमा छलफल हुँदा अर्थमन्त्री पनि सहभागी हुनुन्थ्यो।'
पेट्रोलियमको चर्को मूल्यवृद्धितर्फ संकेत गर्दै उनले थप भने, 'नेपाली जनतालाई दिनुपर्ने राहत हामीले दिसकेका छौं। अब कर घटाउने कि सोधभर्ना दिने भन्ने कुरो अर्थमन्त्रीको हो।'
पछिल्लो समय उद्योग र अर्थ मत्रालयबीच पेट्रोलियम पदार्थमा कर घटाउने विषयमा विवाद हुँदै आएको छ। पहिलोपटक पेट्रोलियम पदार्थमा पूर्वाधार कर घटाउने भनिएको थियो । तर शुरुमा सहमति जनाएको अर्थले पछि मानेन। यस्तै, पछिल्लोपटक कर घटेको विषयमा पनि अर्थले पुनः मुख फेर्दै नघटाउने बताएको छ।
मंगलबार बसेको दुई मन्त्रीबीच भएको छलफलमा सोधभर्नाबाट केही रकम उपलब्ध गराउने सहमति भएको छ। कार्यक्रममा वाणिज्य मन्त्रालयले देसैभरि अनुगमनका कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउने पनि बताएको छ।