BIZMANDU
www.bizmandu.com

सुनको मूल्यमा झिनो वृद्धि, चाँदी तोलामा १५ रुपैयाँ घट्यो, अन्तर्राष्ट्रिय बजारमा ४.१५ को गिरावट

२०७९ असार १५

सुनको मूल्यमा झिनो वृद्धि, चाँदी तोलामा १५ रुपैयाँ घट्यो, अन्तर्राष्ट्रिय बजारमा ४.१५ को गिरावट
सुनको मूल्यमा झिनो वृद्धि, चाँदी तोलामा १५ रुपैयाँ घट्यो, अन्तर्राष्ट्रिय बजारमा ४.१५ को गिरावट

काठमाडौं। सुनको कारोबार मूल्यमा बुधबार झिनो बढोत्तरी छ। अघिल्लो दिनको भन्दा तोलामा १ सय रुपैयाँ बढ्दा प्रतितोला ९७ हजार ८ सय रुपैयाँ भएको छ। 

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि कायम कारोबार मूल्यमा सुन असार लागेयता दोस्रोपटक आइपुगेको हो। यसअघि असार ३ गते उक्त मूल्य कायम भएको थियो। असारमा सुनको अधिकतम मूल्य योभन्दा माथि उक्लिएको छैन।

मंगलबार प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने साताको पहिलो दिन ९७ हजार २ सय थियो। 

चाँदीको बुधबार १५ रुपैयाँ घटेर प्रतितोला १२ सय ४० रुपैयाँ भएको छ। मंगलबार प्रतितोला १२ सय ५५ रुपैयाँ थियो। असार लागेयता चाँदी अधिकतममा १२ सय ७५ सम्म पुगेको छ भने घट्दा बुधबार कायम मूल्यभन्दा तल गएको छैन। 

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस १८२१.४४ डलरमा कारोबार भइरहेको छ। मंगलबारभन्दा प्रतिऔंस ४.१५ डलरले घटेको हो। 

चाँदी प्रतिऔंस २१.१९ डलर छ। मंगलबार २०.८४ डलर थियो।