BIZMANDU
www.bizmandu.com

नेपाल बैंकका अध्यक्ष सुमनराज अर्यालको राजीनामा अर्थ मन्त्रालयबाट स्वीकृत, वर्ष नपुग्दै छाडे

२०७९ असार १४

नेपाल बैंकका अध्यक्ष सुमनराज अर्यालको राजीनामा अर्थ मन्त्रालयबाट स्वीकृत, वर्ष नपुग्दै छाडे
नेपाल बैंकका अध्यक्ष सुमनराज अर्यालको राजीनामा अर्थ मन्त्रालयबाट स्वीकृत, वर्ष नपुग्दै छाडे

काठमाडौं। नेपाल बैंकका अध्यक्ष सुमनराज अर्यालले राजीनामा स्वीकृत भएको छ। अर्थ मन्त्रालयले अर्यालको राजीनामा आइतबार स्वीकृत गरेको हो।

Tata
GBIME

नेपाल बैंकमा सरकारको ५१ प्रतिशत स्वामित्व छ। त्यसैले व्यवस्थापनमा पदाधिकारी चयन सरकारी तजबिजमा निर्भर छ।

अर्यालले २०७८ भदौ १० देखि बैकको अध्यक्षता गर्दै आएका थिए। उनी अर्थ मन्त्रालयका तर्फबाट सञ्चालक पदमा नियुक्त भएर बैंकमा आएका थिए।

महालेखा नियन्त्रक रहिसकेका अर्याल अर्थ मन्त्रालयका सचिव हुन्।  

उनले राष्ट्रिय योजना आयोगमा सहसचिव भएर पनि काम गरिसकेका छन् भने केन्द्रिय तथ्यांक विभागको महानिर्देशकको जिम्मेवारी पनि सम्हालिसकेका छन्।