BIZMANDU
www.bizmandu.com

४ लाख डलरमा लिलाम बिक्री हुन लागेको चन्द्रमाको धुलो र साङ्ला नासाले माग्यो फिर्ता

२०७९ असार ११

४ लाख डलरमा लिलाम बिक्री हुन लागेको चन्द्रमाको धुलो र साङ्ला नासाले माग्यो फिर्ता
४ लाख डलरमा लिलाम बिक्री हुन लागेको चन्द्रमाको धुलो र साङ्ला नासाले माग्यो फिर्ता

बोस्टन। लिलाम बिक्री हुन लागेको थाहा पाएपछि नासाले चन्द्रमाको धुलो र साङ्ला फिर्ता मागेको छ। नासाको कदमले चार लाख डलरमा बिक्री हुन लागेको ४० ग्राम माटो र तीनवटा मरेका साङ्ला बेचिनबाट जोगिएका छन्।

Tata
GBIME
Nepal Life

अन्तरिक्ष एजेन्सीले आरआर अक्सनलाई सन् १९६९ को अपोलो-११ मिसनमा संकलन गरिएको चन्द्रमाको धुलो र तीनवटा साङ्लाको बिक्री रोक्न तथा तत्काल ती फिर्ता गर्न माग गरेको हो।

चन्द्रमाको चट्टानबाट संकलन गरिएको माटोमा स्थलचरमा प्रभाव पर्ने/नपर्ने अनुसन्धान गर्न त्यो माटो ती साङ्लालाई खुवाइएको थियो।  

नासाका वकिलले लिलामीकर्ता कम्पनीलाई पत्र लेखेर चन्द्रमाको माटो र साङ्ला रहेको सिसी संघीय सरकारको स्वामित्वमा रहेको सम्झाउँदै फिर्ता गर्न भनेका छन्। नासाको पत्र पाएपछि आरआर अक्सनले बेच्ने तयारी गरिएको माटो र साङ्लालाई सूचीबाट हटाएको छ।     
     
लिलामी रोक्न नासाले दुईपटक पत्राचार गर्नुपरेको थियो। अपेलो-११ मिसनले २१.३ किलोग्रामभन्दा बढी चन्द्रमाको चट्टान पृथ्वीमा ल्याएको थियो। उक्त चट्टानलाई धुल्याएर कीरा, माछा,साङ्ला लगायत जीवलाई खुवाइएको थियो। चट्टानको धुलो विषाक्त भए/नभएको निर्क्यौल गर्न तिनलाई त्यो खुवाइएको थियो।     
     
चन्द्रमाका धुलो खुवाइएका साङ्लालाई त्यतिबेला नै मिनेसोटा विश्वविद्यालय लगेर कीटविद् मेरियन बुक्सबाट अनुसन्धान गराइएको थियो। चन्द्रमाको माटो विषाक्त नभएको उनले पुष्टि गरेकी थिइन्। (रासस/एपी)