BIZMANDU
www.bizmandu.com

लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीलाई बीमा समितिको कारवाही, २२ कम्पनीलाई जरिवाना

२०७९ असार ९

काठमाडौं। बीमा समितिले समयमै लेखापरीक्षण नबुझाउने २२ बीमा कम्पनीलाई जरिवाना गरेको छ। 

Tata
GBIME
Nepal Life

समितिले जीवन बीमा, निर्जीवन र पुनर्बीमा कम्पनीलाई कारवाहीस्वरुप जरिवाना गरेको हो। यसअघि पनि समितिले केही कम्पनीहरुलाई १० हजार रुपैयाँको जरिवाना गरेको थियो।

अहिले भने १० वटा कम्पनीलाई थप १० हजार रुपैयाँ र १२ वटा कम्पनीलाई १० हजार ५ सय रुपैयाँको दरले जरिवाना गरेको छ। 

बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ बमोजिम बीमा कम्पनीहरूले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र आफ्नो बीमा व्यवसायको हिसाबकिताबको लेखापरीक्षण प्रतिवेदन बीमा समितिमा बुझाउनुपर्ने कानूनी व्यवस्था छ।

आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीहरू प्रत्येकलाई १० हजारका दरले र आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाई दोस्रो पटक कानूनी व्यवस्थाको उल्लंघन गर्ने बीमा कम्पनीहरू प्रत्येकलाई १० हजार ५ सय रुपैयाँ जरिवाना गरेको समितिले जनाएको छ।

आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीहरुमा नेपाल पुनर्बीमा, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड, एसियन लाइफ, प्राइम लाइफ, ज्योति लाइफ, रिलायन्स लाइफ ,सिटिजन लाइफ, महालक्ष्मी लाइफलगायत छन्। यी कम्पनीलाई १० हजार रुपैयाँको दरले  जरिवाना गरिएको हो। 

यसैगरी, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन नबुझाएका राष्ट्रिय बीमा संस्थान, गुराँस लाइफ, रिलायबल, सानिमा लाइफ, ओरिएण्टल, नेशनल र राष्ट्रिय बीमा कम्पनीलगायत छन्। विद्यमान कानूनी व्यवस्थाको पुन: दोस्रो पटक आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाई उल्लंघन गरेकाले उक्त कम्पनीहरुलाई दोस्रोपटक ५ सय रुपैयाँ थप गरी १० हजार ५ रुपैयाँले जरिवाना गरेको  समितिले जनाएको छ।