BIZMANDU
www.bizmandu.com

मुक्तिनाथ विकास बैंक र स्माइल मेकर्स डेन्टल विच सहकार्य, बैंकका ग्राहकलाई दाँत उपचारमा छुट

२०७९ असार ९

मुक्तिनाथ विकास बैंक र स्माइल मेकर्स डेन्टल विच सहकार्य, बैंकका ग्राहकलाई दाँत उपचारमा छुट
मुक्तिनाथ विकास बैंक र स्माइल मेकर्स डेन्टल विच सहकार्य, बैंकका ग्राहकलाई दाँत उपचारमा छुट

काठमाडौं। मुक्तिनाथ विकास बैंक र ललितपुर स्थित स्माइल मेकर्स डेन्टल विच ग्राहक सुविधा लक्षित सहकार्य भएको छ। यसअन्तर्गत मुक्तिनाथ विकास बैंकका ग्राहकले दाँत उपचारमा स्माइल मेकर्स डेन्टलमा २० प्रतिशत छुट पाउन सक्ने जनाइएको छ।

Tata
GBIME

बैंक र क्लिनीक विच भएको सम्झौता अनुसार बैंक अन्तर्गत भिषा डेविट कार्ड र मोबाइल बैंकिङ ग्राहकले डेन्टल होममा दाँत सफागर्ने, दाँतभर्ने र नक्कली दाँत हाल्ने लगायत सेवामा विशेष छुट लिन सक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।

यसैगरी बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्ने उद्धेशयले एटीएम प्रयोग गरी भिसा नेटवर्कमा आवद्ध जुनसुकै बैंकको एटीएम बुथबाट निशुल्क पैसा झिक्न सक्ने जनाएको छ।

ग्राहकले प्रिपेड डलर कार्ड ,मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङका लागि ९८०१११००२२ र कर्जा सेवाको लागि ९८०१११००२३मा सम्पर्क गर्न सक्ने जनाएको छ।