BIZMANDU
www.bizmandu.com

थप घाटा बेहोर्नुभन्दा भएको बेच्दै उम्किने देखियो लगानीकर्ताको प्रवृत्ति, देखिएन उक्लिने संकेत

२०७९ असार ९

काठमाडौँ। एक दिनको वृद्धिपछि सेयर बजारले लगत्तै पछ्याउने गरेको गिरावट बिहीबारको कारोबारमा पनि देखिएको छ। बिहीबार नेप्से परिसूचकले ४५.२५ अंकको फराकिलो गिरावट लिँदै ओर्लिएको छ। कारोबार बन्द हुँदा परिसूचक १८४८.२८ को विन्दुमा सीमित हुन पुगेको हो।  

Tata
GBIME
Nepal Life

बुधबारको गिरावटलाई पनि मध्यनजर गर्ने हो भने ७६ अंकको संकुचन पछिल्लो दुई कारोबारमा देखिन्छ। तीन दिनदेखि लगातार घटेको सेयर बजारले मंगलबार भने करिब ४० अंकको छलाङ लिएको थियो। तर खुलेको अर्को दिन मै सेयर बजारले वृद्धिको शतप्रतिशत अंश गुमायो। सोहि गिरावट बिहिबारको बजारले पछ्याएको हो। 

भारी करेक्सनपछि फराकिलो अंकले बढ्ने बजारमा लगानीकर्ता बेचेर उम्किने गरेको प्रवृत्ति देखिएको छ। तमाम बजारको सेन्टिमेन्ट बियरिस देखिन्छ। हिजोआज सेयर बजारको अप्रत्याशित वृद्धिमा किन्नेभन्दा बेचेर बजारबाट उम्किन खोज्ने धेरै छन्। 

सेयर बजार उकास्ने पर्याप्त स्रोत प्रणालीमा नदेखिएका कारण अधिकांश लगानीकर्ताको सेन्टिमेन्ट सेलिङ्ग तर्फ केन्द्रित छ। मन्दि उन्मुख अर्थतन्त्रले पनि थप त्रासको स्थिति सिर्जना गरेको हो। 

बाह्य क्षेत्रलाई जोडेर आगामी मौद्रिक नीति कसिलो आउने विश्लेषण हुने थालेपछि सेयर बजार झन् खस्किन थालेको छ। यसै बीच बाह्य क्षेत्रमा परेको भ्वाङ सहजै सिउन मुस्किल हुने सेयर बजारको वर्तमान गतिविधिले उदृत गरेको छ।

नेपालमा मात्र नभइ अन्तर्राष्ट्रिय स्तरमै बढ्दो मुद्रास्फीति र इन्धन मूल्यले नकारात्मक प्रभाव परेको बुझिएको छ। जसको परिणाम अन्तर्राष्ट्रिय सेयर बजारहरु पनि बियरिस लय समाउन प्रयासरत देखिएका छन्। 

बिहीबार कारोबार पुर्णतया सेलिङ प्रेसरको अधिनमा बढेको हो। कारोबार खुले लगत्तै तीव्र गतिले बजार घट्दा घाटा बहन गर्न नसक्नेहरुको जमात सक्रिय देखिन्छ। बिहीबार डेढ अर्ब रुपैयाँ बराबरका कुल ५० लाख कित्ता अधिक सेयर किनबेच भएका हुन्।  

विकास बैंक, वित्त र जलविद्युत अन्तर्गतका सेयरमा सृजना भएको तीव्र बिक्री चापले परिसूचकलाई साढे दुई प्रतिशत अधिक तल धकेलेको छ। यी उपसमूह बिहीबारको कारोबारका सबैभन्दा बढी घटे। औसत ३.७ प्रतिशत अधिकको गिरावट यी तिन उपसमूहमा देखिन्छ। 

जसमध्ये जलविद्युत वर्गका सेयरमा बिक्रेताको बाक्लो चाप देखियो। उक्त उपसमूह मात्र करिब ४.११ प्रतिशत घटेको छ। कारोबारमा अधिकांश उपसमूह आज औसत २.६८ प्रतिशत जति घटे।  प्रभावशाली वाणिज्य बैंक उपसमूह आफै डेढ प्रतिशत अधिक घटेको छ।

परिणाम स्वरूप, कारोबारमा आएका १७८ वटा नकारात्मक रहे। परिसूचक फराकिलो अंकले घट्दा समेत १५ वटा स्टकको मूल्य भने बढेको छ।

तीन वर्षपछि कारोबार सुचारु भएको आँधीखोला लघुवित्तका लगानीकर्ता सर्वाधिक कमाउनेमध्ये हुन्। लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। पछिल्लो आठ कारोबार दिन देखि प्रमुख सेयर बजार घट्दा समेत  लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। बिहिबार सकारात्मक सर्किट लागेको सीवाईसी लघुवित्तका सेयर लगानीकर्ता पनि हुन्।  

शिवश्री हाइड्रोको सेयर मूल्य भने झन्डै नकारात्मक सर्किटका साथ घटेको छ। बिहिबार सर्वाधिक गुमाएका पनि शिवश्री हाइड्रो कै लगानीकर्ता हुन्। लिबर्टी इनर्जीको सेयर मूल्य पनि झन्डै साढे ९ प्रतिशत घटेको छ।

परिसूचकको तीव्र गिरावटका कारण २०० रुपैयाँ प्रति कित्ता तल ओर्लिएका कुमारी  बैंक लक्ष्मी बैंकको सेयर भने सर्वाधिक कारोबार भएका हुन्।