BIZMANDU
www.bizmandu.com

नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा दीपु ज्वारचन, चार जना वरिष्ठ पन्छाउँदै जिम्मेवारी

२०७९ असार ९

नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा दीपु ज्वारचन, चार जना वरिष्ठ पन्छाउँदै जिम्मेवारी
नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा दीपु ज्वारचन, चार जना वरिष्ठ पन्छाउँदै जिम्मेवारी


काठमाडौं। नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा दीपु ज्वारचनलाई नियुक्त गरिएको छ। सोमबारको मन्त्रिपरिषद् बैठकबाट ज्वारचनलाई महाप्रबन्धक नियुक्त गरिएको हो।

Tata
GBIME
NLIC

पर्यटनमन्त्री प्रेमबहादुर आलेको प्रस्तावमा ज्वारचनलाई महाप्रवन्धक नियुक्त गरिएको हो। निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गर्ने प्रस्तावसँगै आलेले ज्वारचनलाई महाप्रवन्धक बनाउने प्रस्ताव समेत लगेका थिए।

मन्त्रिपरिषद्ले वरिष्ठ क्याप्टेनको उडान भर्ने र पाइलटको सुविधा उपयोग गर्ने गरि अस्थायी रुपमा ज्वारचनलाई महाप्रवन्धकमा नियुक्त गरिएको हो। आलेले निगमभित्र रहेका १०औं तहका चारजना हुँदाहुँदै नवौं तहका ज्वारचनलाई महाप्रवन्धक बनाएका छन्। यो निर्णयले निगमभित्र असन्तुष्टी चुलिएको छ।

ज्वारचनभन्दा माथि कमर्सियल डाइरेक्टर जनक कालाखेती, क्ववालिटी एस्योरेन्स डाइरेक्टर विक्रम के.सी., इन्जिनियरिङ मेन्टिनेन्स  डाइरेक्टर प्रज्वल श्रेष्ठ ,अपरेशन डाइरेक्टर रवीन्द्र कुमार शेरचन छन्।

सन् २००७ अक्टोबरबाट निगममा जुनियर कोपाइलटको रुपमा प्रवेश गरेका उनले अपरेसन डाइरेक्टरको भुमिका निर्वाह गरिसकेका छन्।