BIZMANDU
www.bizmandu.com

फोर्डले विद्युतीय सवारी उत्पादनको लागि जर्मनीमा नयाँ प्लान्ट खोल्दै, कामदार कटौती हुने

२०७९ असार ९

फोर्डले  विद्युतीय सवारी उत्पादनको लागि जर्मनीमा नयाँ प्लान्ट खोल्दै, कामदार कटौती हुने
फोर्डले विद्युतीय सवारी उत्पादनको लागि जर्मनीमा नयाँ प्लान्ट खोल्दै, कामदार कटौती हुने

काठमाडौं। फोर्डले इभी उत्पादनको लागि भ्यालेन्सिया जर्मनीमा नयाँ प्लान्ट खोल्ने भएको छ। अमेरिकी अटोमेकर फोर्डले भ्यालेन्सियाको एउटा प्लान्ट छनोट गरेको छ जसले युरोपमा आफ्नो नेक्स्ट जेनरेसनका विद्युतीय सवारी साधनहरू निर्माण गर्नको लागि कम्पनीलाई सघाउनेछ।

Tata
GBIME
Nepal Life

ईयूले नयाँ पेट्रोल र डिजेल गाडीको बिक्रीमा प्रतिबन्ध लगाउने योजना अघि नै कम्पनीले २०३० सम्ममा युरोपमा विद्युतीय कार मात्र बिक्री गर्ने योजना बनाएको छ।

'विद्युतीय कारहरू निर्माण गर्न स्वचालित मेसिनरी लाइनहरूमा बढी निर्भर हुन्छन्, कम मानव संलग्नता चाहिन्छ।'- त्यसैले धेरै मानिसहरुले रोजगारी गुमाउने अवस्था देखिएको कम्पनीका प्रवक्ताले बताएका छन्।

६ हजार कामदारहरू काम गर्ने भ्यालेन्सिया प्लान्टसहित विद्युतीय सवारी साधनहरूको लागि छनोट गरिएका प्लान्टहरूका लागि पनि फोर्डले थप कर्मचारी कटौती गर्नेछ। 

कम्पनीसँग युरोपमा धेरै अतिरिक्त प्लान्टहरू छन्, जसमा जर्मनी, टर्की र रोमानियाको कोलोन लगायतका प्लान्ट रहेका छन्। जसलाई विद्युतीय सवारी साधन उत्पादन गर्न छनोट गरिएको छ।

फोर्डले आफ्नो कोलोन फ्याक्ट्रीमा २ अर्ब डलर लगानी गर्ने वाचा गरेको छ। जहाँ अर्को वर्षदेखि फक्सवागनबाट इजाजत प्राप्त प्रविधि प्रयोग गरी इलेक्ट्रिक कारहरू उत्पादन गर्नेछ। तर भ्यालेन्सियाको साइटले कम्पनीको इन-हाउस इलेक्ट्रिक वाहन प्रविधि प्रयोग गर्ने सबै फोर्ड कार मोडेलहरू उत्पादन गर्न जिम्मेवार हुनेछ।

ऐतिहासिक रूपमा फोर्डले युरोपको उच्च प्रतिस्पर्धी कार बजारमा नाफा कमाउन संघर्ष गरेको छ। फोर्डले यसअघि नै युरोपमा आफ्नो ५० हजारभन्दा बढीको जनशक्तिबाट १२ हजार कर्मचारी कटौती गरिसकेको छ।

फोर्डको युरोपेली डिभिजनका अध्यक्ष स्टुअर्ट राउलीले भ्यालेन्सियामा  नयाँ इलेक्ट्रिक गाडीको उत्पादन गर्दा कम्पनीलाई युरोपमा लाभदायक व्यवसाय निर्माण गर्न मद्दत गर्ने बताए।

यसैबीच कम्पनीका  प्रमुख कार्यकारीले युरोपमा फोर्डको विद्युतीय सवारीसाधनमा कडा निर्णय गर्नुपर्ने बताए। 'युरोपेली अटो उद्योग अत्यन्त प्रतिस्पर्धी छ, व्यवसाय फस्टाउन र बढ्नको लागि हामी अविश्वसनीय रूपमा उत्कृष्ट उत्पादनहरू ल्याउन लागि परेका छौं।,' फोर्डका अध्यक्ष र प्रमुख कार्यकारी जिम फार्लेले भने।