BIZMANDU
www.bizmandu.com

खप्तड लघुवित्तले १ लाख ३२ हजार कित्ता आईपीओ ल्याउँदै, बिक्री प्रबन्धकमा मेगा क्यापिटल नियुक्त

२०७९ असार ९

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाले सर्वसाधरणका लागि सार्वजनिक निष्कासन(आईपीओ) जारी गर्ने भएको छ ।  लघुवित्तले सर्वसाधरणका लागि १ लाख ३२ हजार कित्ता आईपीओ जारी गर्ने  भएको हो । 

Tata
GBIME
Nepal Life

कम्पनीले उक्त निष्कासन तथा बाँडफाँटका लागि बिक्री प्रबन्धकको नियुक्ती गरेको छ । सेयर रजिष्ट्रारको सेवा प्रदान गर्नका लागि कम्पनीले मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई सेयर रजिष्ट्रारको रुपमा नियुक्त गरेको हो ।

असार ०८ गते बुधवार मेगा क्यापिटल मार्केट्समा खप्तड लघुवित्त वित्तीय संस्था तथा मेगा क्यापिटल मार्केट्स लिमिटेड बीच शेयर रजिष्ट्रार सम्बन्धी सेवा उपलब्ध गराउने सम्झौतापत्र हस्ताक्षर भएको छ । 

सो सम्झौता पत्रमा खप्तड लघुवित्तका तर्फबाट प्रमुखकार्यकारी अधिकृत सुरेश बहादुर बम तथा मेगा क्यपिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 

अबबाट कम्पनीको शेयरधनीको अभिलेख राख्न, शेयरको धितोबन्धक÷रोक्का राख्न, कम्पनीले घोषण तथा स्वीकृत बोनस शेयरहरुरुको वितरण गर्न, तथाल नगद लाभांशको भुक्तानीको व्यवस्था गर्न, शेयर नामसारी तथा दाखिला खारेज जस्ता काममा मेगा क्यापिटलले लघुवित्तलाई सघाउने छ ।